जबरजस्ती लोला हान्नेलाई सार्वजनिक मुद्दा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ चैत्र २०७२, आईतवार १८:५२
holiकाठमाडौं । उपत्यकाका तीनै जिल्लाका प्रहरी प्रमुखहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेर भनेका छन्- छतमा बसेर होली नखेल्नोस्, कसैलाई जबरजस्ती लोला नहान्नोस् । सडकमा निस्केर मादक पदार्थ नखानोस् ।
होलीको निहुँमा कसैको इच्छाविपरीत फोहोर पानी वा रंग हान्नेलाई गिरफ्तार गरेर सार्वजनिक अपराधअन्तरगत मुद्दा चलाइने प्रहरीले स्पष्ट पारेको छ ।
रगंहरुको पर्व होली आउन दुई दिनमात्रै बाँकी हुँदा प्रहरीले ‘होली विशेष सुरक्षा अभियान’ घोषणा गरेको छ । यसअन्तरगत सडकमा मादक पदार्थ सेवन गर्दै हिँड्ने, अरुलाई जबरजस्ती फोहोर पानी हाल्ने र रंग लगाउने जस्ता गतिविधि गरे पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइने काठमाडौंका एसएसपी विक्रमसिंह थापाले पत्रकार सम्मेलनमा बताए ।
भक्तपुरका प्रहरी प्रमुख एसपी किरण बज्राचार्य र ललितपुरका एसपी अशोक सिंहले पनि होलीका नाममा विकृति फैलाउनेहरु कार्वाहीको दायरामा आउने बताए ।
ट्राफिक महाशाखामा आयोजित पत्रकार सम्मेलनमा एसएसपी थापाले यसपटक सडकमा बियर वा अन्य मादक पदार्थ सेवन गर्दै हिँडनेहरु कार्वाहीमा पर्ने बताए ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार अघिल्लो वर्षको होलीमा उपत्यकामा ९ वटा सवारी दुर्घटना भएका थिए । होलीका लागि खटिएका ट्राफिक प्रहरी आफ्नो डियुटी सकेर घर गएपछि ती दुर्घटना भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१