गाईलाई ‘राष्ट्रमाता’ बनाउन माग गर्दै आत्महत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७२, शुक्रबार १३:३९
एजेन्सी। गाईलाई ‘राष्ट्रमाता’ को दर्जा दिनुपर्ने माग गर्दै भारतको गुजरातमा आठजनाले आत्महत्या प्रयास गरेका छन् । आत्महत्या प्रयास गरेकामध्ये एकजनाको ज्यानै गएको छ ।cow
यो घटनाको विरोधमा गौ रक्षक समितिले शुक्रबार गुजरात बन्दको आह्वान गरेको छ । गुजरातको राजकोटमा गाई रक्षक समिति नामको एक संगठनले गाईलाई ‘राष्ट्रमाता’ घोषित गर्न तथा गोमांसमाथि देशभर प्रतिबन्ध लगाउन माग गर्दै आत्महत्या प्रयास गरेका हुन् ।

उनीहरुले स्थानीय कलेक्टरको सामुन्ने प्रदर्शन गर्ने क्रममा आत्महत्या प्रयास गरेका हुन् । पुलिसले रोक्दा रोक्दै किटनाशक खाएका एकजनाको भने मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा आठ गाई संरक्षण कार्यकर्ताले किटनाशक विषादी खाएर आत्महत्या गर्ने प्रयास गरेका हुन् । किटनाशक खाएका आठमध्ये एकको ज्यान गएको छ भने तीनको अवस्था गम्भीर रहेको छ ।
पुलिसका अनुसार गौरक्षक समितिका आठ सदस्यहरु बिहीबार हातमा किटनाशकको बोतल लिए कलेक्टरको कार्यालय पुगेका थिए ।
पुलिसका अनुसार रोक्ने प्रयास गर्दा गर्दै उनीहरुले विषादी खाएका हन् । उनीहरुलाई त्यसपछि सरकारी अस्पतालमा भर्ना गरियो । जहाँ उपचारका क्रममा एक व्यक्तिको ज्यान गएको हो भने अन्य तीनजनाको अवस्था गम्भीर रहेको छ।
सहायक पुलिस आयुक्त कल्पेश चावडाले बताए अनुसार ज्यान गएका व्यक्तिको नाम हिन्डा वाम्बाडिया रहेको छ । उनको निधन अस्पतालमा उपचारका क्रममा भएको हो । अन्य तीनको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
यस घटनापछि गौरक्षक समितिका सदस्य ठूलो संख्यामा सडकमा ओर्लिएका छन् । राजकोटबाट पूर्व कांग्रेस सांसद कुनवारजी बावलिया र  गौसेवा आयोगका अध्यक्ष वल्लभाई कठिरिया घटनापछि अस्पताल पुग्दा उनीहरुलाई प्रदर्शनकारीहरुले रोकिदिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१