रत्नपार्कमा ‘फ्री वाईफाई ‘

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७२, शुक्रबार १२:५७

काठमाडौँ, ५ चैत । राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् ।

रत्नपार्क तथा रानीपोखरी ईकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो ।

एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने ईकाइले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१