बालविवाह नगर्ने किशोर–किशोरीको प्रतिबद्घता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७२, शुक्रबार १२:०७

सम्राट सिंह
बझाङ ५ चैत्र।  सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका किशोर किशोरीहरुले बाल बिवाह नगर्ने लिखित प्रतिबद्घता गरेका छन । धर्म, संस्कृति र रितिरिवाजका नाममा हुने बाल विवाह रोक्न बिहिबार किशोर किशोरीले उमेर नपुगी बिवाह नगर्ने लिखित प्रतिबद्घता जनाएका हुन । fe310ace-c35d-4cd1-a399-30e201b45be0
संयुक्त राष्ट्रसंघीय जनसङख्या कोषको आर्थिक सहयोग तथा महिला तथा बालबालिका कार्यालय बझाङले आयोजना गरेको बाल बिवाह संम्बन्धि अन्तरपुस्ता संम्बाद कार्यक्रममा बाल विवाहका कारण समस्या र चुनौतीका बारेमा बहस भएको थियो ।
गाउँ –गाउँमा बाल विवाह विरुद्घ संञ्जाल गठन गरेर बाल बिवाह सम्बन्धि जनचेतना फैलाउने तथा बाल बिवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याई कारबाहि गरे बाल बिवाहमा कमी आउने कार्यक्रममा सहभागी बिमला जोशीले बताइन् । उनले भनिन् अब सबै मिलेर बाल बिवाह जिल्लाबाट नै मुक्त गर्नुपर्छ ।
उमेर नपुगी बिवाह गर्दा विभिन्न मानसिक तथा शारीरिक समस्या भोग्नुपर्ने र घरबार समेत दिगो नहुने समस्या देखा परेपछि सदरमुकामका मात्र नभई जिल्लाका विकट गाविसका किशोर किशोरीहरु बाल बिवाह रोक्न तम्सिएका छन ।
जिल्लाको गम्भीर र चुनौतीको रुपमा रहेको बाल बिवाह रोक्न विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले गाउँ गाउँमा जनतचेतना जगाउने, सडक नाटक गर्ने र स्थानिय पत्रपत्रिका तथा रेडियोहरुबाट बाल बिवाह सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रकाशित र प्रसारण गर्दै आएका छन ।
उमेर नै नपुगी बिवाह गर्दा सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुने लगायतका समस्या देखा पर्ने संयुक्त राष्ट्रसंघीय जनसङख्या कोषका कार्यक्रम संयोजक धन बहादुर लम्सालले बताए । उनले भने बाल बिवाह रोक्न सबैले आ–आफ्नो ठाउँबाट पहल गरे बझाङ छिट्टै बाल बिवाह मुक्त जिल्ला हुन्छ ।
कार्यक्रममा उपस्थित झण्डै १ सय ५० किशोर किशोरीहरुले उमेर नपुगी बिवाह नगर्ने भनी ब्यानरमा हस्ताक्षर गरी प्रतिबद्घता जनाएका थिए । २९ प्रतिशत किशोर किशोरीहरुले १५ देखि १९ बर्षको उमेरमा नै बिवाह गर्ने गरेको महिला तथा बाल बालिका कार्यालय बझाङको तथ्यांकमा उल्लेख छ ।
बाल बिवाह सम्बन्धि उजूरीहरु जिल्ला प्रहरी कार्यालयमा अत्यन्त न्यून आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवेन्द्र मल्लले बताए । उजूरी परे कानुन अनुसार नै कारबार्हि प्रक्रिया अगाडी बढाइने उनको भनाइ छ ।
जिल्लाका सुर्मा, दौलिचौर, रिलु, काँडा, दाँतोला, धमेना, मेलबिसौना, कैलाश, लामातोला, माझिगाउँ, सैनपसेला, पारकाट्ने, दंगार्जी, दहबगर, स्याडी, भातेखोला, सुनिकोट कोटदेवल, खिरातडी लगायतका गाविसहरुमा बाल बिवाह गर्ने प्रचलन बढ्दो छ ।
बाल बिवाह न्यूनिकरण गर्न जिल्लामा विभिन्न जनचेतना मूलक कार्यक्रमहरु संञ्चालन गरी अभियानकै रुपमा लागि परेका छौ महिला तथा बालबालिका कार्यालय बझाङका प्रमुख लिला घलेले भनिन् । खुला दिसामुक्त ,पूर्ण खोप युक्त भइसकेको बझाङमा अब बाल बिवाह मुक्त गर्ने तयारी पनि भइरहेको उनले बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१