अल्पाइन स्कुलद्वारा मधेस आन्दोलनका घाइतेको छोरीलाई निशुल्क पढाउने घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७२, शुक्रबार ०८:५३

aaaवीरगंज ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा भईरहेको मधेस आन्दोलनको क्रममा २०७२ भाद्र १४ गते आन्दोलनको क्रममा प्रहरीको गोली लागि पन्नालाल यादव गम्भिर घाइते भएका थिए । आन्दोलनका योद्धा एवं पर्सा जिल्ला गाबिस महुवन निवासी यादवको छोरीलाई वीरगंज श्रीपुर दुर्गा टोलमा संचालित अल्पाईन सेकेण्ड्री स्कुलले कक्षा १२ सम्म निशुल्क पढाउने घोषणा गरेको छ । हाल सोही बिद्यालयमा यादवकि छोरी युकेजीमा अध्ययनरत रहेकी छिन् । संघीय समाजवादी फोरम नेपाल पर्साको उपाध्यक्ष मन्जुर अंसारीको नेतृत्वमा गएको टोलीले बिद्यालयका निर्देशक बिनोद उपाध्य संग बिशेष छलफल गर्दा आन्दोलनका घाइते पन्नालाल यादवकि छोरीलाई निशुल्क पढाउने प्रतिवद्धता जनाएका थिए । यसैबिच संघीय समाजवादी फोरम नेपाल पर्साका सचिव नागेन्द्र यादवले एक प्रेश बिज्ञप्ती जारी बिद्यालय परिवारप्रति अभार प्रकट गर्दै बिद्यालयको बिकासको लागि कामना समेत गरेका छन् । IMG_20160317_162117

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१