योग गरौ स्वस्थ र शान्तबनौ ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७२, शुक्रबार ०८:४९

yogiयोग

सामान्यताः योग शब्दको अर्थ जोड हो । जीवनमाजुन कुरा जोड्दा शान्तिआनन्दका साथहामीले स्वतन्त्रताको अनुभुतिगर्न सक्छौ त्यो परम तत्व योग हो । योग सागर झै विशाल र आकास झै अनन्तविषयहो । यो मानवजातीको लािगनभइनहुने विषयपनिहो ।समग्रमाभन्नुपर्दा योगले हामीलाइ सबैखाले दुखहरुबाट मुक्ति गराउछ ।
विद्यार्थीकालागि योग
योग सर्बकालिन,सर्बलौकिकमहत्वको विषयहो । योग सबै उमेर वर्ग र देशकामानिसहरुले गर्न सक्दछन । त्यसमापनि स्कुलवाकलेज जादै गरेका विद्यार्थी वर्गहरुकालागिभने अति नै आवश्यक छ । उमेरका हिसाबले शारिरीक र मानसिक रुपमा परिबर्तन तीव्र हुने ,असल संगत र वातावरण नपाएबिग्रीहाल्ने वादुब्र्यसनको सिकार बन्न सक्ने यस समयमा संयम र सन्तुलनसिकाउन योगको अभ्यास जरुरी बनेको छ ।
कतिपयविद्यार्थीहरु पारिवारिक शैक्षिकतथा साथीभाइहरुको कारणबाट भड्केर बरालीने वा पढाइमा ध्यानदिननसकेर तनावग्रस्त भएका हुन्छन । तीनलाइ पढाइ भनेको बोझमात्रहोइनमोज र नँया कुरा सिक्ने ठुलो अबसर हो भनेर बुझाउने कार्य योगको शिक्षासंगै दिन संभ्भवहुने देखिन्छ । किनकी योग पिटी एथलेट्स वाकुनै खेल होइन यो त विशुद्ध विज्ञान हो । जहाजीवनजिउने कला सिकिन्छ ।
केबल पढाइले मात्रविद्यार्थीको चौतर्फी विकास नहुने देखेपछि संसारभर रहेका कलेज,स्कुलमाबिकल्पमा धेरै थपतालिमहरु दिइने प्रचलन बढेको छ । तालिमहरु मध्ये पनिशारिरीक मानसिक र आध्यात्मिक रुपमालाभहुने तालिमभनेको योग नै हो । जुन संसारभर प्र्रचलितभएको छ ।
अतःहप्तामाकम्तिमापनि २ पटक योग प्रशिक्षण गराउन सके मात्रपनिविद्यार्थी,शिक्षक,अभिभावकतीनै पक्षले खोजेको सफलताहातपार्नको लागि धेरै सहजहुने देखिन्छ ।
भवतु सब्बमंगलम् ।
योग चित्त बृत्तिनिरोधः ।

विद्यार्थीले योग गनैपर्ने १२ कारणहरुः

–पढाइको ब्यारोमिटर बढाउनको लागि
–उत्तमविद्यार्थीबनाउनको लागि
–खराब संगत र कुलतबाट जोगाउनको लागि
–राम्रो आचरण र नैतिकतासिकाउनको लागि
–दैनिकक्रियाकलापमा सक्रिय र समयनिष्ट गराउनको लागि
–एकाग्रतार स्मरण शक्ति बृद्धि गर्नका लागि
–हरेकब्यक्तिलाइक्षमतावान र प्रतिभा सम्पनगर्नका लागि
–तनाब र रोगमुक्त गराउनको लागि
–अभिभाबको छोरीछोरा प्रतिको चिन्ताकमगर्नका लागि
–समस्याको सिर्जनात्मक समाधानखोज्नकालागि
–मस्तिष्कको सर्बाङिगनविकास गर्न
–शान्तीर स्थीरताको महसुस गर्न ।
योगीयाम
९८४१०१४३०२

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१