यी हुन् विश्वकै सर्वाधिक चर्चित एवम् धनी मोडेल (फोटोफिचरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार २०:४६

geseleविश्वका धनी मोडेलहरुमा ब्राजिलकी मोडेल सुन्दरी गिसेल बन्डसेनको नाम अगाडि आउँछ । यी मोडल महिलाका भित्री वस्त्रका उत्पादक कम्पनी भिक्टोरियाज सेक्रेटका मोडलहरु मध्ये सबैभन्दा सफल अनि संसारकै सबैभन्दा धनी मोडलहरुको सूचीको अग्रपंक्तिमा आउँछिन् । ३५ वर्षीया पाँच फिट ११ इन्च उँचाईकी यी मोडेलको कूल सम्पत्ति २९ करोड डलर मानिएको छ ।

giseleअन्तर्राष्ट्रिय मोडलिङ जगतमा उनको ख्याती यति छ कि संयुक्त राष्ट्संघले उनलाई वातावरणीय सद्भावना दूतका रुपमा समेत नियुक्त गरेको छ । यसैगरी सेभ द चिल्डर््ेन, रेडक्रस, डाक्टर्स विदाउट बोडर्स जस्ता सामाजिक संस्थाहरुमा समेत संलग्न छिन् । सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने उनी पहिलो ब्राजिलियन मोडल हुन् ।

gisele1सन् १९९७ देखि मोडलिङ शुरु गरेकी गिसेलले विश्वका प्रसिद्ध कम्पनीहरुका लागि मोडलिङ गरिसकेकी छिन् । मोडलिङका साथै तीन वटा चलचित्रमा अभिनय एवं टेलिभिजनका केही कार्यक्रममा पनि उनी सहभागी भैसकेकी छिन् । सन् २००९ मा अमेरिकी रग्वी खेलाडी टम ब्राडीसँग विवाह गरेकी गिसेलको उनीसँग दुई छोरा छन् ।

gesele1समाजसेवामा समेत चासो राख्ने गिसेलले क्यान्सर अनुसन्धानका लागि सहयोग उठाउन मद्दत गर्नुका साथै अमेरिकामा केही वर्ष अघि आएको क्याट्रिना नामक सामुद्रिक आँधी पीडितलाई दश लाख डलर सहयोग गरेकी थिइन् ।

gisele 1अहिले पनि गिसेलसँग विश्वका नामी कम्पनीहरुका लागि मोडलिङको कामहरु छन् । केही विश्वप्रसिद्ध फेशन पत्रिकाहरुले गिचेललाई फेशन जगतको राजा मिदासको उपमा दिएका छन् । उनीहरुका भनाईमा गिसेलले मोडलिङ गरेका सबै सामानहरु निकै नै प्रख्यात हुन्छन् र उनीमाथिको लगानी गर्नेले राम्रो रकम फिर्ता पाउँछ । विश्वप्रसिद्ध श्याम्पुदेखि महिला परिधानसम्मका लागि उनले मोडलिङ गरेकी छिन् । महिलाले लगाउने चप्पलदेखि मुख सफा गर्ने ओरल बी, श्याम्पु पेन्टिन तथा घडीहरुमा उनको अझै पनि हालीमुहाली नै छ । सन् २०१४ मा गिसेल ब्राजिलका टेलिभिजनहरुमा छ हजारभन्दा बढी विज्ञापनहरुमा देखिएकी थिइन् जुन आफैँमा एक रेकर्ड थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१