सहयोग गर्न पाउँदा बाग्लुङका शालिकरामको मुहारमा देखिएको खुशि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार १७:०९
?
?

धुर्मुस सुन्तली ।  साँझ पर्नै लाग्दाबागलुङ बिहुँ १ का शालिकराम कँडेल,कार्यालयमाआईपुगे । निकै उज्यालो अनुहारमाउनको खुशिमन प्रस्ट देखिन्थ्यो । बुवा समान वृद्ध उनले दमदारका साथआफ्नो परिचयदिए । त्यसपछिबल्लचिन्यौँ । बिहान भेट्न मन गर्ने मान्छे उनी नै रहेछन् । शालिकरामका सालाले बिहानै फोन गरेका थिए । आफ्नो भिनाजु हामीलाई नै भेट्न बाग्लुङदेखि आएको सुनाएकाथिए । अमेरिकाबाट सामाजीककामको लागिछोराले पठाएको सानो उपहार पु¥याउनउनी काठमाण्डौँ आएका रहेछन् । उपहार सानो छ तर मलाई निकै भारी भइरहेको छ । जति सक्दो छिटो त्यो भारी बिसाउन चाहान्छु, काठमाण्डौँ आउने बित्तिकै उनले सालासँगभन्दा रहेछन् ।
भूकम्पगयो । शालिकराम र उहाँको छोराजस्ता धेरै सहयोगीहातहरुको साथपाइयो । सहयोगको याचनामा रहेका केहि प्रभावितहरुको घाउमा मल्हम पट्टी गर्न सकियो । अहिले हाम्रो दैनिकी नै कलाकारीताभन्दा बढी गरिब, असाहय र प्रभावितहरुको सेवामाबितिरहेको छ । स्वच्छ र पवित्रमनले व्यक्तिगत स्वार्थ त्यागेर देशलाई राम्रो बनाउने अभियानका साथ सकारात्मक सोच लिएर हामीदम्पत्ती रातदिननभनीलागि परिरहेका छौँ । यस्तै विश्वास र साथ रहिरहेमाहामी देशकालागिनमुनाकाम गरेर देखाउने छौँ । यसो भनीरहँदाशालिकरामले हामीप्रतिको विश्वासको पोको फुकाए । श्रद्धाले शिर झुकाए ।हाम्रो मन प्रफुल्लभयो ।सामाजीक परिर्वतनकालागि गरेको संर्घष सार्थक हुने विश्वास बलीयो बन्यो ।
शालिकरामले भावुकहुँदै भने,छोरो अमेरिका पुग्यो । तर, मलाई काठमाण्डौँ पनिनौलो छ । एक्लै आए हराउँछुकी झैँ लाग्छ । बैंकबाटै त्यो उपहार पठाउँदा निहुन्थ्यो । बैंकबाट पठाउँदा न तपाईँहरुसँग भेट हुन्छ, न त मनको कुरा भन्न नै पाईन्छ । त्यसैले ढिलो त निकै ढिलो भयो । तै पनि छोराले पठाएको सानो उपहार तपाईँहरुको हातमादिनपाउँदानिकै खुशि र हलुकामहशुस भएको छ, उनले मन खोलेरै बेलीबिस्तार सुनाए ।
भूकम्पले गरेको क्षतिले अमेरिकाको क्यालीफोर्नीयामा रहेको छोरो बाबुराम कडेलको मन पनिचिरिएछ । सकेको थोरै सहयोग गर्ने निर्णयमापुगेछन् । केहि साथीभाईले पनिउनलाई साथ दिएछन् । भूकम्प पिडितको लागिभनेर उनीहरुले एक लाख एक हजार रुपैँया नेपाल पठाएछन् । पैसा मेरो हातसम्मआईपुग्यो । तर, म बुढाले कहाँगएर पिडित पहिचान गरेर सहयोग बाँडौँ ?त्यहि बेलातपाईँहरुले भूकम्प पिडितको लागि बस्ती बनाउनु भएको रहेछ । जाडोमान्यानो बाँड्न गाउँगाउँपुग्नु भएछ । छोरो बाबुरामलाईतपाईँ प्रति सरकारको भन्दा बढी विश्वास जागेछ । धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेमा यो पैसाको सहि सदुपयोग हुन्छ भन्ने सोचेछ ।त्यहिभएर म तपाईँहरुको सम्र्पकमाआएको ।करिब १५ मिनेटको बसाईमाउनले यी कुरा बताए ।
उहाँहरुको विश्वासले उत्साहथप्यो । उहाँ जस्तै धेरै विश्वासीला सहयोगीहातहरुकै कारण हामीनिरन्तर यो अभियानमा छौँ ।लाखौँ सहयोगीहातहरुको विश्वासलाई कहिल्यै नतोड्ने हाम्रो अठोट अझै बलियो बनेको छ । रकमथोरै भएपनिकसैका लागियहि रकमनिकै ठूलो बन्न सक्छ । त्यस्ताव्यक्ति र समाजको खोजी गरेर तपाईँहरुले गर्नुभएको विश्वास हामी पुरा गर्ने छौँ । हामीले यसो भनिरहँदा ६० वर्ष नाघिसकेका शालिकराम कडेँलको चाउरीएको गालामा मुस्कान देखियो । कसैलाई सहयोग गर्न पाउँदाको खुशि र उत्साहालाई हामीले उनको अनुहारमा देखिरहेका थियौँ । किनकीअरुलाई दिनपाउँदाको खुशि र आनन्दलिनपाउँदाको भन्दा दोब्बर हुन्छ ।
हिँड्ने बेलामाशालिकरामले आफ्नो टाउको हलुकाभएको बताए । अंकमाल गरे । देशका र समाजकालागिबाचुञ्जेल यस्तै काममा सक्रिय रहनु भन्दै आर्शिवाददिए ।यस्तै आर्शिवादले होलाहामीहरुलाई समाज सेवाप्रतिएकोहोरो बनाएको । चाहेत्यो सरसफाई अभियानहोस् या देशलाई बालमैत्रीबनाउने अभियान नै किननहोस् । हामीनिरन्तर खटिरहेका छौँ र भविष्यमापनि खट्नेछौँ । यस्तै उत्साह र सहयोगी साथ र विश्वासका कारण नै एकिकृत बस्ती बन्न सफलभएको हो । भूकम्प पिडितलाई राहात बाँड्न गाउँगाउँपुग्न सकिएको हो । हामीप्रतिको विश्वास अझै बढ्दै गएको पाएका छौँ । त्यो विश्वास र साथलाई संगालेर हामीअर्को नयाँएकिकृत बस्ती बसाउने योजनामा छौँ । समाजमा सक्दो परिर्वतनल्याउनमा कटिबद्ध छौँ । आम नेपालीको विश्वासको सहि सदुपयोग गर्न तत्पर छौँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१