काठमाडौं । रसुवाको क्यान्ड्रिङ भ्यालीमामा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ । राहत सामग्री पुर्याएर उड्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।
रसुवा प्रहरीका अनुसार राहत सामग्री पुर्याएर उड्ने क्रममा हेलिकप्टरको रोटरमा समस्या देखिएको थियो । रसुवाका डिएसपी अवधेस विष्टले भने ‘हेलिकप्टरको रोटर ठूलो आवाज गरेर उछिटियो । त्यसपछि हेलिकप्टर त्यही पल्टियो ।’
विष्टका अनुसार दुर्घटनामा कुनै मानविय क्षति भने हुन पाएन । हेलिकप्टरका पाइलट निकोलस सकुशल रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया