विचित्र महिला, जसको आँखामै दर्जनौँ पत्थरका टुक्रा उब्जिन्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार १६:२६
eyes-stoneएजेन्सी । के तपाइँले कसैको आँखाभित्र ढुंगा उब्जिने कुरा सुन्नुभएको छ । सुन्नुभएको छैन भने बताइदिउँ की चीनमा एकजना महिलाको आँखाभित्र ढुंगा उब्जिरहेको छ ।
डिंग अइहुवा नामकी ती महिलाको आँखाभित्रबाट अहिलेसम्म दर्जनौँ पटक पत्थरका टुक्रा निकालिसकिएको छ । शानडोंग प्रान्तको लुफांग गाउँकी ती महिलाका पतिले उनको आँखाबाट नियमित रुपमा पत्थर निकालेर जम्मा गरिरहेका छन् । ती सबै पत्थर उनले डाक्टरलाई देखाउँछन् ।
सुरुमा डिंगको आँखा दुख्ने समस्या देखिएको थियो । त्यसपछि उनीहरु स्थानीय एक डाक्टरकहाँ आँखा जँचाउन गए । डाक्टरको डिंगको आँखाबाट एउटा पत्थरको टुक्रा निकालिदिए । आँखामा बाहिरबाट ढुंगाको टुक्रा छिरेर बिझाएको रहेछ क्यारे भनेर उनीहरु फर्किए । तर केही दिनमै फेरि आँखा बिझाउन थाल्यो । डिंगका पति लियांग जिन्चुनले श्रीमतीको आँखाभित्र हेर्दा पुनः त्यस्तै पत्थरको टुक्रा देखे र त्यसलाई निकालिदिए । त्यसपछि पनि कैयौँ पटक उनले डिंगको आँखाबाट पत्थरका टुक्रा निकालिरहेका छन् ।
आँखाको उपचारका लागि डिंग अन्य ठूला डाक्टरकहाँ पनि गइन् तर कसैले पनि उनको ढंगा उब्जिने आँखाको उपचार गर्न सकेका छैनन् । आखिर महिलाको आँखाभित्र कसरी पत्थरी निस्किरहेको छ भन्ने कुरामा डाक्टरहरु पनि आश्चर्य चकित छन् ।
कहिले आँखाको माथिल्लो भागबाट त कहिले तल्लो भागबाट पत्थरी निस्किने डिंग बताउँछिन् । त्यसबेला उनको आँखामा निकै पीडा हुन्छ । हालै उनले हेजे सहरको आइएरआइ अस्पतालमा आँखाको परीक्षण गराएकी थिइन् । त्यहाँका डाक्टरहरुका अनुसार उनको आँखाको दृष्टि सामान्य छ, तर आँखाभित्रबाट बारम्बार किन पत्थरी निस्किरहन्छ भन्ने कुरामा डाक्टरहरु पनि अनभिज्ञ भए । विचरा यी महिलाले आफ्ना ढुंगा उत्पादक आँखाबाट कहिले छुटकारा पाउलिन् ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१