बागलुङमा सुआहारा परियोजना सकियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार १५:०६

नारायण रिजाल, बागलुङ ४  चैत्र। सुनौला हजार दिनका आमा र दुई बर्ष मुनीका बालकालिकाको स्वास्थ्य सुरक्षा एवं शिशुहरुको लागि आवश्यक पर्ने पौष्टीक खाद्यन्न तथा आवश्यक पर्ने विभिन्न प्रकारका खोप तथा स्वास्थ्य सेवा सुविधाको बारेमा जानकारी दिदै आएको सुआहारा परियोजना जिल्लाबाट बाहिरीएको छ । 2 (2)पाँच बर्षदेखि बागलुङ जिल्लाका सम्पुर्ण गाबिसलाई आफ्नो कार्यक्षेत्र बनाएर सेवा दिदै आएको सुआहाराले यसबर्षबाट जिल्लामा आफ्नो कार्यक्रम सकिएको जानकारी गराएको छ । सुआहारा कार्यक्रमले जिल्लामा केके कार्य गर्यो र यसको प्रभाव के रह्यो भन्ने बारेमा बिहिबार बागलुङमा अनुभव आदान प्रदान कार्यक्रम मार्फत सोको जानकारी गराईएको थियो ।
सुआहारा कार्यक्रम जिल्लाको ५९ गाविस र १ नगरपालिका स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन, दुई बर्ष मुनिका बालबालिका र गर्भवती महिलाको पोषण स्थितिमा सुधार ल्याउन, महिला र तिनका परिवारमा पोषित खानाको उपभोगमा बृद्धि लगायतका गतिविधि संचालन गर्दै आएको थियो ।
समाज र समुदायलाई यस कार्यक्रमल परिवर्तन ल्याएको छ , छिस्तीकि स्थानिय श्रोत व्यक्ति सरस्वति शर्मा भन्नुहुन्छ, शिशु जन्मेपछि त्यसलाई कसरी स्तानपान गराउने भन्नेबारेमा शुरुमा ज्ञान नभएतापनि सुआहारा कार्यक्रमबाट आफुले ज्ञान हासिल गरेको र शिशुलाई आवश्यक पर्ने पौष्टिक आहारा तथा सुरक्षाको बारेमा समेत ज्ञान हासिल गरेको बताउनुभयो । शिशुको स्याहार देखि लिएर उसको खानपानमा समेत ध्यान कसरी दिने र गाउँघरमानै पाइने बस्तुको कसरी उपभोग गरी शिशुको लागि पौष्टिक आहारा बनाउने भन्नेबारेमा सुआहारा कार्यक्रमबाट आफुले ज्ञान हासिल गरेको भिमगिठेकि अगुवा कृषक मिना रायमाजिले बताईन । सुआहारा कार्यक्रमबाट हजार दिनका सुर्नाैला आमार २ बर्षभन्दा मुनिका बालबालिकाको लागि महत्वपूर्ण कार्यक्रम रहेको उनको धारणा छ । सुआहारा कार्यक्रमबाट जिल्लामा हजार दिनका सुनौला आमाहरुमा धेरै परिर्वतन आएको अनुभव आफुले संगालेको सुआहारा परियोजना बागलुङ संयोजक विमला सुबेदिको धारणा छ । कुषोषणबाट बालबालिकालाई बचाउनको लागि तथा हजार दिनका सुनौला आमाहरुको लागि लक्षित गरी आयोजना हुने कार्यक्रमबाट जिल्लामा निकै ठूलो परिर्वतन आएको उनको धारणा छ । हाल जिल्लाका बिभिन्न गाविसमा गरेको गतिविधिका कारण उक्त क्षेत्रमा बालबालिकाको पोषण समबन्धी ज्ञान, स्वास्थ्य उपचार तथा गर्वअबस्थामा गर्नुपर्ने तथा अपनाउनुपर्ने सजगता बारे धेरैलाई थाहा भएको बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो । खानपानमा ध्यान, लगाएतका बारेका जानकारी हासिल गरेका कारण कुपोषणको दर कम भएको, जन्मान्तरमा बृद्धि, आफै पौष्टिक आहारा बनाउने सिप लगाएतका बारेमा महिलाहरु सक्षम रहेको श्रेष्ठको भनाई छ ।
जसबाट ८ करोड ८२ लाख ८९ हजार ९ सय ९२ कुल बजेट मध्य७ करोड ५३ लाख ३४ हजार ७ सय ८९ को कार्य भएको कायक्रममा जानकारि गराईएको थियो सुआहारा कार्यक्रम २५ जिल्लामा संचालन भैरहेको छ । कार्यक्रमको समापन तथा उपलब्धी आदानप्रदान कार्यक्रममा जिल्लामा रहेका पत्रकार , साझेदार सरकारी निकाय लगाएतको सहभागिता रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी धुर्ब गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गिरीले सुआहारा कार्यक्रम हजार दिनका सुनौला आमा र बालबालिकालाई लक्षित गरिएको हुदाँ यसबाट शिशुको सुरक्षा र उसको स्वास्थ्यमा प्रभावकारी भएको र जिल्लामा सुआहाराले गरेको कार्य प्रशंसा योग्य रहेको बताए ।
कार्यक्रममा गाजा युवा क्लबका प्रवन्ध निर्देशक परमानन्द कंडेल, नेपाल रेडक्रस सोसाईटिका सभापति जब्बर बहादुर लामिछाने, नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लगायतले बोल्नुभएको थियो । सो अवसरमा पत्रकार प्रकाश बराल, सिगाना स्वास्थ्य चौकीका प्रमुख विष्णु पौडेल, तित्याङ स्वास्थ्य चौकीका प्रमुख नारायण पौडेल, दुदिलाभाटिका गाविस सचिव काशिराम शर्मा, हरिचौरका नरबहादुर थापा, सत्कर्म नेपालका श्रीकृष्ण पौडेल, लेखानीका खिमानन्द कंडेल, महिला स्वास्थ्य स्वयं सेविका हिरा खड्का छिस्तीका स्थानिय श्रोत व्यक्ति सरस्वती शर्मा, हजार दिनका आमाको तर्फबाट बुर्तिबाङकी बिन्दु कार्की भिमगिठेकी अगुवा कृषक मिना रायमाझी लगायतले सुआहारा कार्यक्रमको बारेमा अुनभव र यसले थालनी गरेका कार्यक्रमको बारेमा अनुभव आदान प्रदान गरेका थिए ।
जिल्ला पोषण तथा निर्देशन तथा स्थानीय विकास अधिकारी भरत गौतमको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको स्वागत र जनस्वास्थ्य अधिकृत जीवन कुमार शाक्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया