क्षमताभन्दा बढी विद्यार्थी बोकेर हुइँकिने राजधानीका स्कुल तथा कलेजका गाडीलाई कारबाही

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार १०:३७
क्षमताभन्दा बढी विद्यार्थी बोक्नेकाठमाडौँ । क्षमताभन्दा बढी विद्यार्थी बोकेर हुइँकिने राजधानीका स्कुल तथा कलेजका गाडीलाई कारबाही थालिएको छ। ललितपुर ट्राफिक प्रहरीले त्यस्ता गाडीलाई पक्राउ गरी कारबाही थालिएको जनाएको छ।
ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेंथुका अनुसार सो क्रममा बुधबार आदर्श विद्या सदन बोर्डिङको बा.२ख. ५६९ नम्बरको विद्यार्थी बोक्ने गाडी पक्राउ गरिएको छ। ग्वार्को चोकबाट उक्त गाडी नियन्त्रणमा लिई कारबाही थालिएको हाथेंछुले बताए।
‘१६ जनाको सिट क्षमतामा ३४ जना विद्यार्थी राखेको भेटिएपछि कारबाही थालेका हौं,’ उनले भने। गर्मी मौसम सुरू भएको तथा बाटोमा खाल्डाखुल्डी भएको अवस्थाले दुर्घटना हुनसक्ने भएकाले स्कुल बसमाथि निगरानी थालेको प्रहरीले जनाएको छ।
दुई वटा गाडी पठाउनु पर्नेमा एउटै गाडीबाट काम चलाइराखेको अवस्थाले जोखिम बढाएकाले त्यस्ता गाडीको खोजी थालिएको हाछेंथुले बताए। क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गाडीलाई पाँच सय रुपैयाँ जरिवाना तिराएर उन्मुक्ति दिने व्यवस्था छ।
उपत्यका ट्राफिक महाशाखा प्रमुख डिआईजी प्रकाश अर्यालले अभिभावकसँग विद्यार्थीको सवारी भाडा पुरै लिने तर कोचाकोच पारेर विद्यार्थी लाने ल्याउने गरेको भन्दै त्यस्ता गाडीलाई कारबाही गर्न थालिएको बताए। उनले अब नयाँ शैक्षिक सत्र सुरु हुनु अघि नै प्याब्सन र एनप्याब्सनका पदाधिकारीलाई बोलाएर उनीहरुलाई क्षमता भन्दा बढी विद्यार्थी स्कुले बसमा नराख्न समेत समेत गराइने जानकारी दिए। सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१