श्रीमान् चोर, श्रीमती अपहरणकारी !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार ०८:०३

chooriकाठमाडौं ४ चैत । श्रीमान  चोर श्रीमती अपहरणकारी । यस्तो  सुन्दै अचम्म लाग्न सक्छ । तर, यो कुनै कथा हौइन ।

विवाहको २ दिनमै चोरी अभियोगमा पक्राउ परेका श्रीमान्लाई छुटाउन श्रीमती बालिका अपहरणमा संलग्न भइन् । अन्ततः अपहरणकारी भएको अभियोगमा श्रीमति पनि प्रहरीकै फन्दामा छिन् ।

भागेर विवाह गरेका काभ्रेका प्रकट भनिने विष्णु भण्डारी र विनिता बाँस्कोटा प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरुले माघ २८ गते विवाह गरेका थिए ।

त्यसको ३ दिनपछि चोरी  अभियोगमा समातिएका विष्णु अदालतले मागेको धरौटी बुझाउन नसकेपछि थुनामा र विनिता ललितपुर प्रहरीको हिरासतमा छन् । अपहरण योजनामा विनितालाई सघाएको अभियोगमा भीमसेन भण्डारी पनि प्रहरी नियन्त्रणमा छन् ।

विष्णु मोटरसाइल चोरी अभियोगमा काभ्रेाको बनेपाबाट पक्राउ परेका थिए । विनिता मालिककी छोरी अपहरण अभियोगमा काठमाडौंबाट पक्राउ परेकी हुन् ।

अपहरणमा सघाउने भीमसेन नाताले उनका देवर हुन् । विनिताले भिमसेनलाई १० हजार रकम दिएर बालिका अपहरणमा संलग्न गराएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

अदालतले मागेको धरौटी बुझाउन नसकेपछि विष्णुले भाइ र श्रीमतीमार्फत मालिककी छोरी अपहरण गर्न लगाएका प्रहरी अनुसन्धानले देखाएको छ ।आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१