हरेक विहान उनी रेलस्टेसनमा गएर भिख माग्छन् र दयालुहरुले दिएको केही पैसाले दिन गुजार्छन् कनई दास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार ०७:४०

kanai daasइश्वरले पनि कोही मानिसमाथि यतिधेरै अन्याय गर्छन् की भोग्नेलाई त के देख्नेलाई वा सुन्नेलाई पनि निकै असह्य पीडा हुन्छ । ४२ वर्षका कनई दासको पीडा साँच्चीकै असह्य नै छ जुन देख्न र सुन्नसम्म पनि कमजोर दील भएका मानिसालई गाह्रो पर्छ ।

हरेक विहान उनी रेलस्टेसनमा गएर भिख माग्छन् र दयालुहरुले दिएको केही पैसाले दिन गुजार्छन् ।

अनुहार तथा सरीरका अन्य विभिन्न भागको छाला ठूला ठूला पोकाजस्तै गरी लत्रिएको छ । यस्तो विकृत अनुहार तथा सरीर लिएर भिख माग्ने कनईलाई कतिपयले भने साक्षात भगवान गणेश नै ठानेर पूजा पनि गर्छन र उनको पाउमा पैसा चढाउँछन् पनि ।

कनइ एक दुर्लभ रोगका सिकार बनेका छन् । अनुहारमा पलाएको मासु छातिसम्मै लत्रिएको छ र दायाँ आखा नै पूरिएको छ । उनी न सजिलोसँग खान सक्छन् न बोल्न सक्छन् । आफुलाई भिख माग्ने मन नभएपनि आफ्नो अवस्थाका कारण कुनै जागिर नपाएको र आफ्नी आमालाई पाल्नका लागि भिख माग्नुपरेको उनी बताउँछन् ।

तर ती आमा उनकी आफ्नै आमा भने होइनन् । उनको रोग बढ्दै गएपछि उनलाई उनकी आमाले छाडेर पोइल गइन् । उनलाई भारती राय नामकी एक पसलेले आफ्नै छोराजस्तो गरी पालिन् । तर भारतीका पति तथा छोराछोरीले कनइको स्याहार सुसार गर्न त परै जाओस् उनलाई छुन पनि मानेनन् । पछि भारतीका पतिको मन फर्कियो । भारतीले नै कनइलाई हुर्काइन् दुख गरेर ।

कनइलाई उपचार गर्नका लागि केही अस्पतालमा लगे र उपचार सम्भव भएन । पछि भारतीका पतिको मृत्यु भयो । उनका छोराछोरीले उनलाई हेर्नै छाडे । अहिले तिनै कनइले भिख मागेर भएपनि आमा भारतीलाई पालेका छन् ।

भारतको पश्चिम बंगालको बरुइपुरका बासिन्दा कनइको टाउकोमा सानै छँदा गाँठो देखिएको थियो । उनी ९ वर्षको हुँदासम्म उक्त  गाँठो यति बढ्यो की उनको आँखा नै छोपियो । उनको हातमा पनि यस्तै ठूलो ट्युमर पलाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१