एकदमै चकचके आलियाः यसरी उदाइन बलिउडमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार ०५:२८
आलियाःनयाँदिल्ली । ‘संघर्ष’ फिल्मबाट बालकलाकारका रुपमा आफ्नो करिअर सुरुवात गरेकी आलिया भट्ट मंगलबार आफ्नो २३ औं जन्मदिन मनाउँदैछिन् । पिता महेश भट्टकी प्रिय र निजी जिन्दगीमा एकदमै चकचके आलियाले यो छोट्टै समयमा आफ्नो अभिनयबाट लाखौं मानिसहरुलाई दिवाना बनाइसकेकी छिन् ।
 
तर, कमै मानिसहरु जान्दछन् कि लाखौंको मनकी धडकन आलियाको मन कुनै समय अभिनेता रणवीर कपुरका लागि धडकन्थ्यो । यतिमात्र होइन २१ व्र्षको उमेरमा त आलिया उनीसँग विवाह गर्नका लागि पनि लालायित थिइन ।
 
अहिले आलिया र सिद्धार्थ मल्होत्राको प्रेमको किस्सा बलिउडमा हरेक मानिसको जिब्रोमा झुण्डिएको छ । तर, दुवै जना कहिल्यै पनि आफ्नो अफेयर्सका विषयमा बोलेका देखिदैंनन् । तर, बोली र प्रेम छुपाएर छुप्दैन । जे भएपनि हामी आलिया र रणवीरको क्रसको कुरा गरिरएका थियौं । ‘कफी विद करण’मा केही वर्ष पहिले आलियाले रणवीरका लागि आफ्नो प्रेमको खुलासा गरेकी थिइन । साथै उनले भनेकी थिइन, ‘रणवीर एडोरेबल छन्, उनको बसको कुरा हुँदो त उनी रणवीरसँग विवाह गर्ने थिइन ।’ यतिबेला आलियाको उमेर २१ वर्ष थियो ।
 
खैर, प्रेम गर्नेहरुको उमेर नै हुँदैंन । यस्तोमा आलियाको रणवीरसँग प्रेम भयो त के भयो ? यो भयो केही वर्ष पहिलेको कुरा तर अहिले त आलिया सिद्धार्थसँग डेट गरिरहेकी छिन् । दुवै एक अर्का सँग धेरै खुशी पनि छन् । हालै आलिया सिद्धार्थलाई एकदमै राम्रो साथी भएको बताउँदैं गरेको देखिएकी थिइन । तर, उनले उनीहरुको प्रेम सम्बन्ध विवाह सम्बन्धसम्म अगाडि बढ्छ कि बढ्दैन भन्ने विषयमा भने केही खुलाइनन् ।
 
चलचित्र ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा डेब्यु गरेकी आलिया भट्टले आफ्नो राम्रो अभिनयका कारण काफी प्रशंशा बटुलिन । यस फिल्मका लागि उनलाई कयौं पुरस्कार पनि प्राप्त भए । यसपछि रणदीप हुण्डाको फिल्म ‘हाइवे’मा देखिइन । जसमा उनको अभिनयको सबैले तारिफ गरे ।
 
अभिनयको आधारमा बलिउडमा आफ्नै छुट्टै स्थान बनाउन सफल आलिया त्यसपछि भकाभक राम्रा फिल्महरुमा देखिन थालिन । ‘२स्टेट’, ‘हम्प्टी शर्माकी दुल्हनिया’ र ‘शानदार’जस्ता फिल्ममा उनले काम गरिन । अब उनी ‘कपूर एण्ड सन्स’, ‘उडता पन्जाब’ र गौरी सिन्डेको फिल्मा शाहरुख खानका साथ देखिदैंछिन् । भन्न सकिन्छ—२३ वर्षकै उमेरमा आलिया बलिउडकी चल्तीकी हिरोइन बनिसकेकी छिन् ।
 
१५ मार्च १९९३ मा मुम्बईमा जन्मिएकी आलिया फिल्ममेकर महेश भट्ट र सोनी राजदानकी प्रिय छोरी हुन् । मुम्बईको जमनाबाई स्कुलबाट पढाइ पूरा गरेपछि आलियाले बलिउडमा प्रवेश गरेकी हुन् र आज उनको नाम बलिउडका महत्वपूर्ण अभिनेत्रीहरुमा सामेल छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१