चुरोटको भन्दा अझ बढी खतरनाक हुन्छ अगरबत्तीको धुँवा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार १४:१७

agarbattiनेपाली धर्म र संस्कारमा अगरबत्ती उल्लेखनीय रुपमा हजारौं वर्षदेखि प्रयोग गरिँदै आएको पाइन्छ । विशेष पूजाआजामा मात्र होइन, बिहान र बेलुका नियमितरुपमा अगरबत्ती सल्काउने अधिकांशको घरमा चलन नै हुन्छ ।

तर नयाँ अनुसन्धानले अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा खतरनाक हुने तथ्य पत्ता लगाएको छ । साउथ चीन युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको एउटा नयाँ शोधका अनुसार अगरबत्तीको धुँवा पनि चुरोटको धुँवाभन्दा अगरबत्तीको धुँवा अझै खतरनाक हुने पत्ता लागेको खबरले मानिसहरु अचम्भित भएका छन् ।

‘अगरबत्तीको धुप बाल्दा निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने खतरा बढ्दछ,’ शोधको निष्कर्षमा भनिएको छ । शोधकर्ताहरुले अगरबत्तीको धुपमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धुँवाबाट शरीरमा जलन हुने र क्यान्सरसम्म हुनसक्ने बताएका छन् ।

ब्रिटिश लङ्ग फाउन्डेसनका चिकित्सकीय सल्लाहकार डाक्टर निक रोबिन्सनले अध्ययनमाथि टिप्पणी गर्दै भनेका छन्, ‘धुपसहित कैयौं प्रकारका अगरबत्तीको धुँवा विषालु हुनसक्छ ।’

यद्यपि, यो अध्ययन सानो परिणाममाथि गरिएको थियो । चार वटा अगरबत्ती र एक चुरोटमा गरिएको तुलनात्मक अध्ययनबाट यस्तो निष्कर्ष निकालिएकोले यसलाई सहजै सामान्यीकरण भने गर्न सकिँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१