दुई दिन देखि हराएका व्यापारी रेग्मी मृत भेटिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार १३:५१
पाँचथर ।  सोमबारदेखि बेपत्ता भएका पाँचथर रवि बजारका स्थानीय व्यापारी दिनेश रेग्मी आज बिहान मृत अवस्थामा फेला परेका छन् । मृत 
छिमेकी इलाम जिल्लाको फुँयतप्पा–७ को राउते भन्ने जङ्गलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
रेग्मीको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल इलाम लगिएको छ । स्थानीयवासीका अनुसार चुरोट र मोबाइल रिचार्ज कार्डको होलसेल व्यापार गर्दै आएका २७ वर्षीय रेग्मी सोमबार दिउँसो ४ बजेदेखि सम्र्पकविहीन थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१