हत्यामा संलग्न तीनजना अभियुक्त १३ महिनापछि पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार १२:०५
काठमाडौँ  ।  महिनाअघि उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको सनराइज बैंकको गार्डको हत्यामा संलग्न तीनजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। hatya
जलजलेस्थित सिमेन्ट उद्योगको परिसरमा रहेको सनराइज बैंकका तत्कालीन गार्ड खेमबहादुर बानियाँको हत्यामा संलग्न रहेका तीनजनालाई अभियुक्तलाई केही दिनअघि नै पक्राउ गरेर अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो।
गार्डको हत्यामा संलग्न अभियुक्तहरु उदयपुरको त्रियुगा नगरपालिका–११ जलजलेका ३९ वर्षीय टीकाप्रसाद आचार्य,त्रिनपा–१० देउरी बस्ने ३४ वर्षीय बब्लु भनिने प्रेम दोर्जे शेर्पा र अर्का सोही स्थान बस्ने ३७ वर्षीय अरबिन्द बोगटी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा पत्रकारसम्मेलन गरेर उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले अभियुक्तहरुलाई सार्वजनिक गरेका हुन्। अभियुक्तहरुले २०७१ मार्ग १९ गते राति सिमेन्ट उद्योेगको परिसरमा रहेको सनराइज बैंकमा रहेको एक करोड नगद लुट्ने उद्देश्यले रात्रिको समयमा ड्युटीमा बसिरहेका बैंकका गार्ड बानियाँलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ।
गार्डको हत्यापछि बैंकको एटिएम सेफ फोर्न प्रयास गरेपनि असफल भएर अभियुक्तहरु सो स्थानबाट फरार रहँदै आएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१