बे एरियामा सामुदायिक केन्द्र बनाउन छलफल शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार ०७:३६
रोशन अधिकारी /सान फ्रान्सिस्को। सान फ्रान्सिस्को बे एरियामा बस्ने नेपालीहरुको पुरानो र साझा संगठन भन्दै आएको Nepali Association of Northern California (NANC) ले नेपाली सामुदायिक केन्द्र बनाउनको लागि बे एरियाको सबै संघसस्थाहरुलाई समेट्नको लागि बृहत छलफल शुरु गरेको छ ।nanc
 
गएको बार्षिक अधिवेशनबाट बिषेस समिति गठन गरि अगि बढ्ने सहमति भए
अनुसार यस सस्थाले काम अगाडी बढाई सकेको र बिगतमा भएका अन्यौलता खुकुलो भएको कुरा सस्थाको अध्यक्ष श्री तेज राईले बताउनु भयो । प्रस्तावित कम्युनिटि सेन्टरको लागि २०११ मा महापुराणबाट संकलित ४६,१३६ डलर माथि यस बर्षभित्र १ लाख डलर पुर्याउने लक्षका साथ कोष अभिवृद्धिको लागि यस सस्थाको वर्तमान कार्यसमिति भित्रबाट नै चन्दा सकलन सुरु भई सकेको र यस कार्यमा सस्थाका सल्हाकारहरुले पनि साथ दिएको कुरा कोषाधक्ष श्री रामबाबु आचार्यले बताउनु भयो । जसको नामवली नेपाली नया वर्ष’ २०७३’ मनाउनको लागि आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सार्बजनिक गरिने कुरा जानकारी गराउनु भयो ।
यसै कोष अभिवृद्धिको लागि नान्सले आगामी अप्रिल २ मा नेपालको चलचित्र हलहरुमा भव्यताका साथ प्रदर्शन भई रहेको “नेपाली पारिवारिक कथानक चलचित्र”प्रेम गीत “पनि प्रदर्शन गरिन लागेको कुरा पनि अध्यक्ष राईले बताउनु भयो । अब बन्न जाने कम्युनिटी सेन्टर यस क्षेत्रमा रहेका र आबद्ध हुन चाहने संघ संस्थाका प्रतिनिधि, चन्दादाता र इच्छुकहरु समावेश भएको बिशेष समितिबाट संचालन गर्ने योजना रहेको साथै हिन्दु धर्मावलम्बिहरुको लागि सानो हिन्दु मन्दिर र बौद्ध धर्मावलम्बिहरुको लागि बुद्धको प्रतिमा वा गुम्बा यो कम्युनिटी सेन्टरको हाताभित्र स्थापना गरिने योजनासमेत रहेकोले यस बिशुद्ध सामाजिक कार्य सफल पार्नको लागि सबैलाई सहभागी भई सहयोग गरिदिनु हुनको लागि अनुरोध गर्दै चाडै नै सबै कार्यतालिका सार्बजनिक गरिने कुरा पनि बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१