नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को अधिवेशन मे ७-८ मा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार ०७:२६
imagesअमेरिका । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को आगामी अधिवेशन मे ७-८ मा लस एन्जलसमा हुदैछ  । कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन को लागि नेजाले  मध्य–अमेरिकी क्षेत्रका सदस्यहरू बिच अन्तर्कृया कार्यक्रम गर्ने भएको छ ।
आगामी मार्च १९ तारिखको दिन ड्यालसमा हुने उक्त कार्यक्रमको तयारी पूरा भएको नेजाका एक सदस्यले जानकारी गराउनु भयो ।
 नेजाका कोषाध्यक्ष बिटु केसी बरालले अमेरिकाको मध्यक्षेत्रमा कार्यरत नेपाली पत्रकारहरुलाई सदस्यता लिन तथा नविकरण गर्न आह्वान गर्नुभएको छ ।
‘कोही पनि सक्रिय साथीहरू नछुटुन् भन्ने हाम्रो अपेक्षा छ, यो संस्थालाई सबै पत्रकारहरुको साझा बनाउने हाम्रो अभियान हो,’ उहाँले भन्नुभयो । शनिवारको भेलामा नेजा अध्यक्ष गौतम दाहाल लगायतका पदाधिकारीकोसमेत सहभागिता रहनेछ ।
‘भेलामा अमेरिकाको टेक्सस, ओक्लाहोमा, कोलोराडो लगायतका राज्यमा कार्यरत नेपाली पत्रकारहरुको समेत सहभागिता रहनेछ,’ बरालले भन्नुभयो । इर्विंग शहर ड्यालसको डिएफ्डब्ल्यू एयरपोर्ट होटलमा साँझ ७ बजेदेखि सुरु हुनेछ । यस अगाडि नेजाले न्यु योर्क, भर्जिनिया, लसएञ्जेलस मा यस्तै अन्र्तक्रिया सम्पन्न गरिसकेको छ । नेपाल अमेरिका पत्रकार सङ्घले पछिल्ला दुई वर्षमा समुदायमा केन्द्रित विविध कार्यक्रममा अग्रणी भूमिका निर्वाह गर्दे आएको छ । यस पटकको अधिवेशनले २०१६-२०१८ को लागि नयाँ कार्यसमितिको समेत चयन गर्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१