यस बर्ष करिब चार हजार नर्सिङ विद्यार्थी उत्तीर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार ०६:२३
नेपाल नर्सिङ काउन्सिलकाठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले लिने दर्ता परीक्षामा तीन हजार ९६७ नर्सिङ विद्यार्थी उतीर्ण भएका छन्। गत फागुन १५ गते लिइएको परीक्षामा यस पटक देशभरका चार हजार ४९६ नर्सिङ विद्यार्थीले परीक्षा दिएकोमा ५२९ विद्यार्थी अनुतिर्ण भएको काउन्सिलले जनाएको छ।
सन् २०१२ देखि काउन्सिले नर्सिङ पढेका विद्यार्थीलाई काउन्सिलले लिने दर्ता परीक्षा उतीर्ण गरेपछि मात्र सरकारी सेवा गर्न पाउने व्यवस्था गरेको छ। काउन्सिललले हालसम्म २२ हजार ५६२ नर्सको परीक्षा लिइसकेकोमा १९ हजार ६६ विद्यार्थीले परीक्षा उतीर्ण गरेका छन् भने तीन हजार ४९६ अनुतिर्ण भएका छन् ।

प्रतिक्रिया