रेडपान्डाको छालासहित दुई जना काठमाडौं स्वयम्भुबाट पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७२, मंगलवार १६:२०
Red_pandaकाठमाडौँ । महानगरीय अपराध महाशाखा टेकुले काठमाडौं स्वयम्भुबाट  रेडपान्डाको छालासहित लुई जनालाई पक्राउ गरेको छ।
 काभ्रे महाकालका  लोकविक्रम लामा र शिखर गाविसका प्रेम लामालाई समातिएको महाशाखाका  एसपी सककुल थापाले जानकारी दिए ।
उनीहरुले  साथबाट प्रहरीले दुई थान रेडपान्डाको छाला बरामद गरेको छ। उनीहरुले दुई लाखमा किनेको  र बेच्नका लागि राखिएको प्रहरीसामु वयान दिएका छन्। दुबै जनालाई जिल्ला वन कार्याललयमा बुझाइएको एसपी थापाले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१