महिलालाई २ दिनसम्म बन्धक बनाएर यातना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७२, मंगलवार ०७:४४
downloadकांग्रेस महाधिवेशनमा नगएको विषयलाई लिएर मोरङको डाँगीहाट ९ की एक युवतीलाई अपहरण गरी २ दिनसम्म बन्धक बनाएर यातना दिएको खुल्न आएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
डाँगीहाट की २३ वर्षीया नरमाया विष्टले अपहरण मुक्त हुन ५० हजार रुपैयाँ फिरौतीसमेत बुझाउनु परेको प्रहरीले जनाएको छ । कांग्रेस महाधिवेशनमा जाने भनेर हिँडेपछि बिष्टलाई बीचबाटोमै छाडेर धोका दिएको भन्दै धनकुटा भेडेटार ४ स्थित ग्रिन हेवन होटलकी संचालिका रीता भनिने खिमकुमारी लिम्बुले भाडाका गुन्डा प्रयोग गरेर अपहरण गर्दै बन्धक भनाएर यातना दिन लगाएकी हुन्।
खिमकुमारी कांग्रेस धनकुटा क्षेत्र नम्बर १ का पूर्वसभापति स्वर्गीय गोबिन्द कार्कीकी पत्नी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१