जहाजमा चरा ठोक्किँदा अग्रभागमा क्षति, ७१ यात्रु सहित आकस्मिक अवतरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७२, मंगलवार ०६:५०
jahajलन्डन। जहाजमा चरा ठोक्किएको खबर कहिले कहीँ सुनिँदै आएको हो। वेलायतको हिथ्रो विमानस्थलमा फेरि एउटा यस्तै घटना दोहोरिएको छ। हिथ्रोबाट ७१ यात्रु सहित उडेको इजिप्ट एयरको एउटा जेटमा चरा ठोक्किँदा जहाजको नाक क्षतिग्रस्त भएको हो। बोइङ ७३७–८०० सो जहाजको नाकमा रगत र प्वाँख लतपतिएको छ।
उड्नासाथ जहाजलाई चराले क्षतिग्रस्त बनाइदिएपछि पाइलटले संयमतापूर्वक हिथ्रोमै आकस्मिक अवतरण गराएका थिए। जहाज करिब २१ घन्टा ग्राउन्डेड भएको इजिप्ट एयरले जनाएको छ। जहाजमा चरा ठोक्किँदा कायरो जाने यात्रुहरुको फ्लाइट ढिला हुन पुगेको थियो। जहाजको मर्मत नसकिउञ्जेलसम्म यात्रुलाई विमानस्थल नजिकैको होटलमा राखिएको थियो।
 
नागरिक उड्डयन संस्थाहरुले हिथ्रो विमानस्थललाई पनि चराहरुबाट असुरक्षित विमानस्थलको सूचिमा राखेका छन्। उडानका क्रममा चरासँग ठोक्किने सम्भावना ९० प्रतिशतसम्म हुने गरेको बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१