मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा हुने असरबाट कसरी बच्ने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार २१:३८
moकाठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइरालाले मोबाइल धेरै चलाउँदा ख्याल गर्न सुझाव दिएका छन् ।
बढ्दो प्रविधिसँगै मोबाइलको प्रयोग धेरै हुन थालेपछि त्यसबाट मानव स्वाथ्यमा थुप्रै प्रभाव पर्ने भन्दै ख्याल गर्न सुझाव दिएका हुन् ।
 
१. मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुहोस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नहोुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।
२. राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १.८ मीटर पर राख्नहोुस् ।
३. मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि परहोस् ।
 
४. गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुहोस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा Bhagawan Koiralaइलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।
५. धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगनहोुस् ।
६. इयरफोन, हेडसेटको प्रयोग नगर्नुहोस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।
 
७. पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुहोस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ ।
८. मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुहोस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।
९. फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।
 
अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।
 
यसबाहेक मोवाइल किन्दा SAR (Specific Absorption Rate) हेर्नुस् । जति कम SAR उतिनै राम्रो हुन्छ । अनुसन्धानकर्ताहरु भन्छन तपाईँ फोनमा दुई मिनेट कुरा गर्दा तपाईँको मस्तिष्कको प्राकृतिक बिद्युतिय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ ।
स्रोतः डा. कोइरालाको फेसबुकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१