उच्च रक्तचाप ब्लड प्रेसर छ ? यी १० कुराहरु ख्याल गर्नुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार २१:३४
blodरक्तचाप १४० र ९० भन्दा माथि निरन्तर रहेमा त्यसलाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचाप आफौमा रोग त होइन, तर यसले अन्य रोगलाई जटिल बनाउछ । तर, जीवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ । उच्च रक्तचापबाट बच्ने समान्यतया यी कुरामा ख्याल गर्नुहोस् ।
 
१. मोटोपना धेरै रोगको कारण हो । मोटोपनाले उच्च रक्तचाप, हृदय रोगलगायत विभिन्न खाले जोखिम बढाउँछ । थोरै मोटोपना घटाउँदा पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ ।
 
२. धूम्रपान उच्च रक्तचापको मुख्य कारक तत्त्व हो । चुरोटमा भएको निकोटिनले शरीरका ग्रन्थिलाई उत्तेजित गर्छ, जसका कारण एड्रिनलिन हर्मोनको उत्पादन बढ्छ । यसका कारण मुटुको धड्कन तीव्र बन्दै जान्छ ।
 
३.नियमित रूपमा हिँड्नु, दौडनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दौडँदा रगतले अक्सिजन लिने दरमा वृद्धि हुन्छ, जसका कारण रक्तचाप सन्तुलन गर्न सघाउ पुग्छ । यसबाट मुटु सक्रिय हुन्छ, रगत पम्प गर्ने प्रक्रिया सहज हुन्छ । त्यसो हुँदा रक्तनलीहरूमा दबाब कम पर्छ ।
 
४. उच्च रक्तचापका समस्या भएकालाई महीको सेवन निकै फाइदाजनक हुन्छ । दिनको एक कप मही खाने हो भने उच्च रक्तचापको जोखिम एकतिहाइले घट्ने बताइन्छ । महीमा पाइने क्याल्सियमले रक्तनलीलाई बलियो तथा लचकदार बनाउने हुँदा रक्तनलीको सहज फैलावटका कारण दबाब कम भई रक्तचाप नियन्त्रित हुन्छ ।
 
५. केरामा प्रशस्त पोटासियम लवण पाइन्छ । पोटासियमले शरीरमा तरल पदार्थको सन्तुलनलाई कायम राख्दछ, जसका कारण रक्तचाप नियन्त्रित हुन्छ ।
 
६. अधिक नुनले रक्तचाप बढउँछ । नुन रगतमा सजिलै घोलिने भएकाले रक्तनलीमा रगतको मात्रा तथा चाप बढ्न जान्छ । फास्टफुडले पनि उच्च रक्तचाप बढाउने भएकाले त्यसको सेवन पनि कम गर्नुपर्छ ।
 
७. व्यस्त जीवनशैली तथा कामको धपेडीले रक्तचाप बढाउँछ । हप्तामा ४० घन्टा काम गर्दा शरीरको रक्तचाप १४ प्रतिशतले बढ्छ । तसर्थ, कामको चाप घटाउनुपर्छ ।
 
८. सुतेका वेला घुर्ने बानी छ भने सावधानी हुनुपर्छ । त्यस्तै उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ ।
 
९. बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ । कफीमा हुने क्याफाइन तत्त्वले रक्तनलीलाई दरिलो बनाउने र त्यसले रक्तचाप बढाउने बताइन्छ । अतस् कफी कम गर्नुपर्छ ।
१०. नियमित रूपमा लौका, गाँजर र गान्टेमुलाको जुस सेवन गर्दा रक्तचाप सन्तुलन गर्न सकिन्छ ।
स्रोत स्वाख

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१