पौड्यालको अध्यक्षतामा पत्रकारहरुको संगठन ‘मिडिया नेपाल’ घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार १८:०८

कमलकाठमाडौं, १ चैत ।  गोपाल पौड्यालको अध्यक्षतामा पत्रकारहरुको संगठन ‘मिडिया नेपाल’ घोषणा गरिएको छ ।

काठमाडौंमा सोमबार आयोजित एक समारोहका बीच सो संगठन घोषणा गरिएको हो । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु सम्मिलित सो संगठनमा ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना सचिव, एक जना कोषाध्यक्ष सहित २१ जनाको कार्यसमितिको घोषणा गरिएको  छ ।

२५ सदस्यीय समिति यस्तो रहेको छ : 
 
गोपाल पौडेल अध्यक्ष रहेको मिडिया नेपालको २५ सदस्यीय केन्द्रीय समितिलाई आज थापाले स्वागत गरे। पूर्वाञ्चल उपाध्यक्ष इन्द्रसिंह राजवंशी, मध्यमाञ्चल उपाध्यक्ष टीकाराम परियार, पश्चिमाञ्चल उपाध्यक्ष सूर्य वास्तोला, उपत्यका उपाध्यक्ष रेशम पौडेल, मध्यपश्चिमाञ्चल उपाध‍्यक्ष उदय श्रेष्ठ र सुदूर पश्चिमाञ्चल उपाध्यक्षमा हेमबाबु लेखक रहेका छन्।
 
त्यस्तै महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा टेकराज शाही र मुकुन्द ढुंगाना, कोषाध्यक्ष ध्रुव बस्नेत रहेका छन्।

media nepal

गोपाल पौडेलको अध्यक्षतामा गठित मिडिया नेपाल कुनै पार्टी निकट नभइ राष्ट्रवादी पत्रकारहरुको संस्थाको रुपमा रहेको जानकारी दिइयो। आफ्नो टिमको घोषणा गर्दै पौड्यालले पत्रकारहरुको हकहित र व्यवासायिकताका बारेमा काम गर्ने जानकारी दिए । स्टार एफएमका प्रवन्ध निर्देशक समेत रहेका पौड्यालले संगठनले आगामी दिनमा व्यवसायिक पत्रकारिता तालिम सञ्चालन गर्ने देखि पत्रकारहरुको पेशागत सुरक्षा, मर्यादा लगायतका विषयलाई प्राथमिकता दिएर काम गर्ने जानकारी दिए । साथै केही दिन पछि संगठनको पहिलो बैठक बस्ने र त्यसपछि हुने राष्ट्रिय भेलाले थप कार्यक्रम घोषणा गर्ने पौड्यालले बताए ।कमल स  मेडिया नेपालफोटो : मोहन श्रेष्ठको फेसबुकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१