विश्वको सबैभन्दा महँगो खेलौना ‘गुडिया घर’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार १७:०५
timthumbएजेन्सी ।  बालबालिकाका लागि उनीहरुका हरेक खेलौना प्यारा र मूल्यवान् हुन्छन्।
तर विश्वमा केही यस्ता खेलौना पनि छन् जसको वास्तविक मूल्य नै धेरै छ।
केही खेलौनाहरु यति महँगा छन् कि यी नाम मात्रका खेलौना भएका छन्।
विश्वको सबैभन्दा महँगो खेलौनाको रुपमा एक डल हाउस (गुडिया घर) लाई मानिएको छ जसको मूल्य करिब ९० करोड रुपैयाँ पर्ने बताइएको छ।
विश्वकै महँगो डल हाउसको नाम ‘एस्टोल्याट डलहाउस क्यासल’ हो र यो अमेरिकाको एक संग्रहालयमा राखिएको छ।
कोलोराडोकी कलाकार एलाइन डेइलले यसलाई १३ वर्ष लगाएर बनाएकी हुन्। यसमा २३ कोठा छन् र उचाइ ९ फिट छ।
यसमा एक महलमा हुने सबै सामानहरु सानो रुपमा राखिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१