पाँचतारे होटलमा बस्छन् ल्हारक्याल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार ०८:१२

काठमाडौं । ल्हारक्याल प्रायः पाँचतारे होटेलमा बस्छन् । विभिन्न देशका कूटनीतिज्ञसँग उनको भेटघाट हुने गर्दछ । सिमालादेखि यार्सागुम्बा सम्मको कारोबारमा उनी संलग्न छन् । गुम्बाबाट कतिपय व्यक्तिहरुलाई विदेश पठाएर समेत उनले पैसा कमाएका छन् । उनीविरुद्ध ठगीको मुद्दासमेत दर्ता भएको थियो । हेलम्बु ६ सिन्धुपाल्चोक घर भएका लामा सामान्य परिवारमा जन्मिएका हुन् । बौद्ध गुम्वामा  पढेका उनले भारतको तिब्बती शरणार्थीको क्याम्प धर्मशालामा धेरै वर्ष बिताए । फ्रि तिब्बतका नेताहरुसँग सम्बन्ध विस्तार गरे । केही वर्ष अमेरिकामा बसे । फ्रि तिब्बत गतिविधिमा लागेर उनले प्रशस्त पैसा कमाए । त्यस्तै, गुम्बाको जग्गाको कारोबार र विदेशी अनुदान ल्याउने नाममा उनले पैसा कमाएको स्रोत बताउँछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१