शैक्षिक संस्थाहरुले नेपाललाई समुन्नत बनाउन आबस्यक : मन्त्री ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार ०५:३३

eknकाठमाडौँ । नेपाल सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले शैक्षिक संस्थाहरुले नेपाललाई समुन्नत बनाउन आबस्यक पर्ने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न केन्द्रित हुनुपर्ने बताएका छन् । ग्लासियर इन्टरनेशनल स्कुलको बार्षिकउत्सब तथा अभिभाबक दिबसको उद्घाटन गर्दै मन्त्रि ढकालले बिद्यालय लाइ बिद्धार्थी मैत्री बनाउन, अन्तरक्रियात्मक शैलीमा अध्यापन गराउन, नैतिक शिक्षा पढाउन तथा खोज र अनुसन्धात्मक मुलक कार्यमा बिद्धार्थी हरुलाई लगाउन सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताउनु भयो । ekमन्त्रि ढकालले बिद्धार्थीहरुलाई ठूलो सपना देख्न र बिद्धालय, अभिभाबक तथा सिंगो राष्ट्रले गर्ब गर्न लायक ब्यक्ति बन्ने लक्ष लिन आग्रह गर्नु भयो । मन्त्रि ढकालले शिक्षा बिना विकास र शान्ति सम्भब नहुने हुनाले शिक्षा क्षेत्रमा सरकार, उद्धमी र अभिभाबक सबैले दिल खोलेर लगानी गर्नुपर्ने बताउनु भयो । मन्त्रि ढकालले शैक्षिक सस्थाले उत्पादन गर्ने जनशक्ति नेपाल भित्र मात्रै नभई अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्ने हुनु पर्ने उल्लेख गर्नु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१