सेन्ट लरेन्स कलेजमा राष्ट्रिय स्तरको वेब प्रमोसन सेमिनार सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० फाल्गुन २०७२, आईतवार १६:३८

काठमाडौँ । काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजमा राष्ट्रिय स्तरको एकदिने SEO (वेब प्रमोसन) सेमिनार सम्पन्न भएको छ । आइसिटि क्लब अफ सेन्ट लरेन्सको आयोजना र सेन्ट लरेन्स कलेजको सहआयोजनामा सम्पन्न भएको कार्यक्रमलाई नेप सफ्ट टेक CSIT एसोसिएसन अफ नेपाल BSC CSIT एप्स र अर्किड टेक क्लबले सहयोग गरेका थिए ।sco

कार्यक्रममा बनिसकेको वेब साइट ब्यबस्थापन र प्रमोसन कसरि गर्न सकिन्छ भनेर आइटी युवा पुस्ताभित्र सर्च इन्जिन अप्टिमाइजेसन एक्स्पर्ट प्रकाश खतिवडाले सहजीकरण र अन्तरक्रिया गर्नु भएको थियो । ७० जना भन्दा बढि बिधार्थी सहभागी उक्तः कार्यक्रममा क्याम्पस प्रमुख पुरुषोत्तम  महर्जनले प्रमुख अतिथिको आषण ग्रहण गर्नु भएको थियो त्यशै गरि अर्किड क्लबको तर्फ बाट अशोक खनाल र आइसिटि क्लब अफ सेन्ट लरेन्सबाट भरत डीसी ले अतिथिको आषण ग्रहण गर्नु भएको थियो । बिशेष

अतिथि तथा कार्यक्रम सहजकर्ता (SEO Expert) प्रकाश खतिवडालाई मायाको चिनो दिनु हुदै महर्जनले बिद्यार्थीहरुलाई  यस्तो कार्यक्रमले करियर निर्माणमा अत्तिनै ठुलो भूमिका खेल्ने भन्दै कार्यक्रम आयोजकलाइ बधाई दिनुभयो । कार्यक्रम समापन गर्दै प्रतिक बस्यालले आगामी दिनमा आइटी र आइटीमा भबिस्य खोज्दै गरेका बिधार्थीलाई यस्तो कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने भन्दै आगामी दिनमा पनि कलेजले येस्तै खाले कार्यक्रम नियमित राख्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१