विश्वकप प्रतियोगिता अन्तरगत सोमबार बिहान सम्पन्न समुह जीको खेलमा पोर्चुगल र अमेरिका बराबरीमा रोकिएका छन् । पोर्चुगल र अमेरिकाले २-२ को बराबरी खेलेका हुन् । निकै प्रतिश्पर्धात्मक बनेको खेलमा खेलको सुरुमै पोर्चुगलले गोल गरेर अमेरिकालाई दबाबमा राख्ने काम गर्यो । पोर्चुगलको लगि नानीले पाँचौं मिनेटमा गो ठोकेका थिए । खेलको दोस्रो हाफमा अमेरिकाका जेरम्यान जोन्सले ६४ औं मिनेटमा बराबरी गोल फर्काए भने ८१ औं मिनेटमा कप्तान ड्याम्सीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । तर यो अमेरिकालाई ठूलो धक्का लागायत जतिबेला अमेरिका जितको खुसि मनाउन तयार थियो त्यति नै बेला खेलका इन्जुरी समयमा पोर्चुगलले गोल गर्न पुग्यो । खेल सकिन करिव ४० सेकेण्ड बाँकी रहेको अवस्थामा सिल्वेस्टर वरेलाले हेड गोल गरेका थिए । क्रिष्टियानो रोनाल्डोको पसमा उनले गोल गरे हुन् । बराबरी पछि अमेरिका र पोर्चुगल दुबैको अघिल्लो चरण पुग्ने सम्भावना काय छ । आजको खेल जितेको भए अमेरिका १ खेल अघि नै अन्तिम १६ मा पुग्ने थियो । यो समुहमा जर्मनी ४ अंकसहित शीर्ष स्थानमा छ भने समान अंक जोडेको अमेरिका गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । घाना र पोर्चुगलको समान १-१ अंक छ ।
प्रतिक्रिया