अमेरिकामा आज राति समय १ घण्टा अघि सर्ने ,१ बजे पछि एकै पटक ३ बज्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० फाल्गुन २०७२, आईतवार १२:२९

रोशन अधिकारी / अमेरिका । अमेरिकामा आइतबार रातिदेखि समय एकघण्टा अघि सर्ने भएको छ । ‘डे–लाइट सेभिङ टाइम’ आइतबार रातिबाट सुरु हुँदैछ । त्यस अनुसार राति २ नबजि एकै पटक ३ बज्छ । अर्थात राति १ बजेर ५९ मिनेटपछि समय एकघण्टा अघि सरेर ३ बज्छ । अमेरिकामा हरेक बर्ष घडीको समय एक पटक एक घण्टा पछाडि पार्नुपर्छ भने एक पटक एक घण्टा अघि बढाउनुपर्छ ।spri

‘ गर्मी को सुरुवातसँगै घडीको समय एक घण्टा अघि बढ्छ भने जाडो को सुरुवातसँगै एक घण्टा समय पछाडि सारिन्छ । हरेक वर्ष मार्चको पहिलो आइतबार राति २ बजेपछि घडीको सुई एकैपटक ३ बज्छ । अर्थात एक घण्टा अघि बढ्छ । त्यस्तै नोभेम्बरको पहिलो आइतबार राति दुई बजेपछि घडीको घण्टा सुई फेरि एकमा फर्किन्छ । अर्थात समय एक घण्टा पछि हट्छ । पछिल्लो समयमा स्मार्टफोन र स्मार्टवाचमा समय स्वचालित रुपमा मिल्छ । तर सुईवाला अर्थात म्यानुअल घडीमा भने मिलाउनु पर्छ । अमेरिका लगायत युरोप, अष्ट्रेलियामा समेत ‘डे–लाइट सेभिङ टाइम’ को नाममा समय मिलाउने चलन छ । जर्मनीमा मार्च २७ मा सुरु भएर अक्टोबरमा अन्त्य हुन्छ । अष्ट्रेलिया भने दक्षिणी गोलाद्र्धमा पर्ने भएकोले उत्तरी गोलाद्र्धको ठीक उल्टो हुन्छ । अप्रिल ३ मा डे–लाइट सेभिङ टाइम सकिन्छ भने अक्टोबर २ मा फेरि सुरु हुन्छ । उता बेलायतमा मार्च २७ मा समय एक घण्टा अगाडि बढाइन्छ भने अक्टोबर ३० मा फेरि पछाडि सारिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१