प्रकाश ‘पुष्पक’को पुनः ‘घाटी रेटिंदैछ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७१, सोमबार ०६:३४
प्रदिप राई,क्वालालम्पूर मलेसिया । साहित्यकार तथा पत्रकार प्रकाश ‘पुष्पक’ राई (पुमा) को हाइकु सङ्ग्रह ‘घाटी रेटिंदैछ’ पुनः तेस्रो संस्करणको तयारी अन्तीम चरणमा पुगेको छ ।unnamed
विगत ११ वर्षदेखी पत्रकारीता र साहित्यमा कलम चाल्दै आएका पुमा राईको यो कृती पहिलो पटक बि.स. २०६३ साल भाद्रमा प्रकाशन गरिएको थियो । मञ्जरी प्रकाशन नेपालका अध्यक्ष तथा नयन मञ्जरी नेपाली पत्रिकाका प्रधान सम्पादक रहेका राईको यो कृती नेपालको १० वर्षे जनयूद्धले देशमा पारेका असरहरु राजनैतिक, सँस्कृतिक, सामाजीक, साहित्यिक, धार्मिक, आर्थिक तथा मनोवैज्ञानिक प्रभावको चित्रण छर्लङ्ग पारेको पाइन्छ । पहिलो सँस्करण प्रकाशित भएको बेला यस कृतिमा कलाकार तथा गीतकार डम्वर बिकेलले भूमिका उल्लेख गर्नुभएको थियो ।
समाजमा रहेको कृयाकलापलाई नजीकबाट हेरिएको यो कृतीमा रुढीबादी, बिकृती र बिसंगतीको परम्परामाथी दरिलो प्रहार भएकोले दोस्रो संस्करण बि.स. २०६८ साल माघ महिनामा दोस्रो पटक ‘मञ्जरी प्रकाशन नेपाल’ को प्रकाशनमा दोस्रो संस्करणको प्रकाशन भएको थियो । यसै कृतिको सन्र्दभमा दोस्रो संस्करणमा गजलकार राजेश खतिवडा, नवकवी तथा नाटककार ठूलेदोभान अरुण कोइमी, पत्रकार गजेन्द्र टुहुरे, गीतकार तथा कलाकार डम्वर बिकेल र गजलकार स्व. अनिष्का राई कमलाले ‘घाटी रेटिंदैछ’ यस कृतिका बारेमा आ–आफ्नो केही तर्कहरु पनी राखेका थिए ।
लघु विधामा लेखिने यो हाइकु बिधा ‘घाटी रेटिंदैछ’ सङ्ग्रहमा जम्मा ६० वटा हाइकुहरु समावेश छन् । पुमा राई हाल रोजगारको शिलसिलामा मलेसियाको राजधानी क्वालालम्पूरमा कार्यरत छन् । राई रोजगारको शिलशिलामा भारत, सिङ्गापुर, हङ्कङ, थाईल्याण्ड, मौरिशस(अफ्रिका), देशहरुमा रोजगारी जीवन बिताउदै अहिले मलेसियामा कार्यरत छन् । खोटाङ् जिल्लाको देविस्थान–१ पैयाटार पायोङ्मा बि.स.२०४० सालमा जन्मिएका राईले श्री चिसापानी उच्च मा.बी चिसापानी खोटाङ् बाट बि.स.२०५५ सालमा एसएलसी उर्तिण गरेर उच्च शिक्षा लिनको लागी त्यो समयमा शहर लाग्नुपर्ने बाध्यताले पाटन संयुक्त क्यामपस ललितपुर र धरान महेन्द्र बहुमुखी क्यामपस धरान बाट क्रमस बिए, आइएड, बिटिएच सम्मको अध्यान पुरा गरेर देशको विशम परिस्थितीको बागजुत अहिले बिदेशिनुपर्ने बाध्यता र बिडम्बना राई बताउँछन् । बि.स २०६२ साल चैत्रबाट उदयपुर गाइघाटदेखी प्रकाशित पूर्णपुष्टी राष्ट्रिय साप्ताहीक पत्रिकाबाट उदयपुरको बेल्टार क्षेत्रमा बसेर पत्रकारिता शुरु गरेको कथा बताउँछन् । पत्रकारितामा आवद्ध रहेर राईले अहिले जर्दनौ भन्दा बढी नेपालबाट प्रकाशित नेपाली पत्रपत्रिका, रेडियो, एफएम तथा बेवसाइडहरुमा अन्तराष्ट्रिय सम्वाददाताको रुपमा कार्यरत छन् ।
यस पटक राईका ‘घाटी रेटिंदैछ’ हाइकु सङ्ग्रह तेस्रो संस्करण वा तेस्रो पटकको प्रकाशन प्रवाशी कलम मलेसियको प्रकाशनमा प्रकाशित हुनलागेको प्रवाशी कलम समितिले जनाएको छ । प्रवाशी कलम मलेसियाले चाँडै प्रकाशन गर्न लागेको सामुहिक गजल सङ्ग्रह ‘सामुन्द्रिक छल्का’को तयारी तिब्र रहेको र यो प्रकाशन पश्चात तुरुन्त यो सङ्ग्रह प्रकाशन गरिने प्रवाशी कलम समितिले जनाएको छ ।

प्रतिक्रिया