बलिउड उद्योगको नाम र दाममा लोभिएका नेपाली कलाकारहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० फाल्गुन २०७२, आईतवार ०८:१९

भारतीय चलचित्र उद्योग बलिउडको पर्दा विश्वभरि नै चर्चित छ । नेपालका मात्र नभएर थुप्रै विदेशी कलाकारहरु पनि बलिउड उद्योगमा प्रवेश गर्ने गरेका छन् । बिशेषगरि युरोपियन कलाकारहरुले त्यहाँ डेरा जमाएका छन् । कट्रिना कैफ, नर्गिस फक्रि लगायतका युरोपियन कलाकारहरुका साथै ज्याकलिन फर्नान्डिज लगायतका विदेशी कलाकारहरुले बलिउडका डेरा जमाएका पाइन्छन् । तीनै हुलमा केही नेपाली कलाकारहरु पनि छन् । बलिउडमा आफ्नो भविष्य खोज्दै गरेका र बलिउडमा स्थापित भइसकेका केही नेपाली सेलिब्रेटीहरुको बारेमा यहाँ चर्चा गरिन्छ ।

मनिषा कोइराला
manisha koiralaमनिषा कोइराला बलिउडका चर्चित नायिका मध्येकी एक हुन् । उनको जन्म भने कोइराला खानदानकी पुत्रीको  रुपमा नेपालमा नै भएको थियो । पढाईको सिलसिलामा भारत पुगेकी मनिषाले मोडलिङबाट आफ्नो अभिनय यात्रा शुरु गरिन् । सन् १९९१ को सौदागर फिल्मबाट बलिउड चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन् । उनले बलिउडलाई अकेले हम अकेले तुम, अग्नी शाक्षी, मन, मेहबुबा लगायत थुप्रै हिट फिल्महरु दिएकी छिन् । उनले फेरि भेटौँला, धर्मा जस्ता केही नेपाली चलचित्रमा समेत आफ्नो अभिनय कला देखाएकी छिन् ।

उदीतनारायण झा
udit narayan jhaनेपालको सप्तरी जिल्लामा जन्मिएका गायक उदीतनारायण झा नेपालका चर्चित गायक हुनुका साथसाथै भारतका पनि चर्चित गायक हुन् । उनले सन् १९८० मा फिल्म उन्निस बीसको गीतमार्फत बलिउडमा आफ्नो गायन कलालाई प्रस्तुत गरेका थिए । त्यसपछि उनले बलिउडमा लगातार गीतहरु गाउने मौका पाए । उनले हिन्दी फिल्ममा मात्र नभएर दक्षीण भारितय चलचित्रहरुमा पनि आवाज दिएका छन् ।
उषा पौडेल
usha poudeनेपालको जनकपुरमा जन्मेकी नेपाली अभिनेत्री उषा पौडेलले दर्जनौ नेपाली फिल्ममा काम गरेकी छिन् भने बलिउडका थुप्रै टेलिसिरियलहरुमा काम गरेकी छिन् । साहारा वनको तुजसँग प्रीत लगाई सजना, जय जय जय बजरंग बली, अदालत र चिन्टु चिङकी और एक बढिसी लव स्टोरी उनले अभिनय गरेका टेलिसिरियलहरु हुन् ।

सुनिल थापा
sunil thapaकाठमाण्डौमा जन्मिएका अन्ठाउन्न बर्षीय अभिनेता सुनिल थापाले नेपाली चलचित्रका खलनायकको रुपमा आफ्नो इमेज बनाएका छन् । साथसाथै बलिउडका आधादर्जन जति चलचित्रमा समेत काम गरेका छन् । थापाले बलिउडमा एकदुजेके लिए, मानव हत्या, आजकी आवाज, अलवेला, नसिववाला र मेरी कोममा काम गरेका छन् । हाल उनी फिल्म भाई मस्ट बि क्रेजीमा पनि काम गर्दैछन् ।
भोला राज सापकोटा
bhola raj sapkotaनेपालको मकवानपुरका अभिनेता भोला राज सापकोटा पनि बलिउडमा काम गर्ने नेपाली अभिनेता हुन् । उनले चर्चित फिल्म बर्फीमा अभिनय गरेका छन् । सन् २०१२ आएको फिल्म बर्फीका कारण भोलाको चर्चा पनि बढेको थियो । उनले अनुराग बासुको आगामी फिल्ममा पनि काम गर्दैछन् ।
विल्सन बिक्रम राई
wilson bikram raiभाई मस्ट बी क्रेजीबाट बलिउड डेब्यु गर्न लागेका विल्सन बिक्रमले नेपाली हास्य ब्यङग्यमा राम्रो पहिचान बनाएका छन् । बलिउडमा उनले डेब्यु गरेको फिल्म भाई मस्ट बि क्रेजीमा शाहिद कपुर, पंकज कपुर सुनिल ग्रोभर, सुनिल थापा लगायतका स्थापित कलाकारको अभिनय रहने छ ।

सृष्टी श्रेष्ठ
shristi shresthaमिस नेपाल सृष्टी श्रेष्ठले पनि बलिउडमा काम गर्ने नेपाली सेलिब्रेटी मध्येकी एक हुन् । उनले फिल्म ज्याकपटको कभी जो बादल बर्से बोलको गीतमा मोडलिङ गरेर एकाएक चर्चा बटुलेकी थिईन् ।

झरना बज्राचार्य
jharana bajracharyaनेपाली सिने क्षेत्रमा स्थापित अभिनेत्री झरना बज्राचार्यले पनि बलिउडमा काम गरेकी छिन् । उनले सन् २००४ मा रिलिज भएको फिल्म लव ईन नेपालमा अभिनय गरेकी छिन् । फिल्मको कत्राकत्रा बोलको गीतमा गरेको अभिनयले नै उनको चर्चा भएको थियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१