फोर्डले पुरानै फिएस्टा कारलाई दियो नयाँ लुक्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७१, सोमबार ०६:०६

नयाँदिल्ली ,  फोर्डले कम मनपराइएको कार फिएस्टाको नयाँ फेसलिफ्ट भर्सन कार लन्च गरेको छ। कम्पनीले यो कारलाई जुन किसिमले सिँगार्दै प्रिमियम लुक तथा फिर्चसहरु थपेर अपलिफ्ट गरेको छ, यो हिसावले हेर्दा आउँदो दिनमा यो कारणले पनि बजारलाई तताउँछ भनेर अर्थ लगाउन सकिन्छ।

Ford-fiesta-201-636119-06-2014-03-40-99N
फिएस्टा सेडान कार डिजल ओरिएन्ट छ। यसको बेस मोडल एम्बिएट सात लाख ७९  हजार भारुमा उपलब्ध हुन्छ। यो कार नेपाल आउँदा २४० प्रतिशत भन्सार शुल्क, यातायात खर्च र व्यवसायीको नाफा जोडिएर मात्र यथार्त मूल्य तय हुन्छ।
कम्पनीले योसहित तीन वटा मोडलका कार लञ्च गरेको छ। फोर्ड फिएस्टाको मूल्य आठ लाख ५५ हजार भारु निर्धारण गरिएको छ। यसैगरी फोर्ड फिएस्टा टिटेनियमको मूल्य नौं लाख २९ हजार निर्धारण गरिएको छ।ford_launch_150711
नयाँ फिचर
नयाँ फिएस्टाका सबै वेरियट्समा कम्पनीले १५ इन्चको विल्स, ड्राइभर साइडमा एयर व्याग, एबिएस तथा इबिडीका साथै इलेक्ट्रिक बुट रिलिज जस्ता फिचरहरु थप गरेको छ। साथै यसमा रियर सेन्टर आर्मरेस्ट पनि लगाइएको छ। फोल्डेबल रियर सिट, पावर अजस्टेबल रियर भ्यू मिरर, हाइट अजेस्टेवल स्टेरिङ विल पनि जडान गरिएको छ।
इन्जिनमा फेरवदल
नयाँ फोर्ड फियस्टामा भित्र र वाहिर निकै परिवर्तन गरिएको छ। बढी माइलेज लिनका लागि १.५ लिटरको डिजल इन्जिन प्रयोग गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१