रुद्रसिंह तामाङले गरे गाः हिटी ढुंगेधारा पुननिर्माणको लागि औपचारिक शिलान्यास (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७२, शनिबार १८:५९
bhabiकाठमाडौं । गत बैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट पर्यटकीय नगरी ठमेलस्थित बजेट होटलसँगै क्षतविक्षत भएको गाः हिटी ढुंगेधारा पुननिर्माणको लागि औपचारिक शिलान्यास गरिएको छ । बडा नागरिक मञ्च, २९ अन्तर्गत गाःहिटी पुननिर्माण समितिले शनिबार ढुंगेधाराकै किनारमा आयोजना गरेको एक विशेष समारोहबीच काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी रुद्रसिंह तामाङले सो ढुंगेधाराको औपचारिक शिलान्यास गर्नुभएको हो ।bhano
 
उक्त ढुंगेधाराको पुनर्निर्माणको लागि करिब ४६ लाख रुपैयाँ लागत लाग्ने हुने अनुमान समितिको छ । कुल लागतको ८० प्रतिशत काठमाडौं महानगरपालिका र २० प्रतिशत स्थानीयबासीको स्रोतबाट खर्च गरिने जनाइएको छ । समितिका संयोजक भविश्वर शर्माका अनुसार काठमाडौं महानगरपालिकाले बेहोर्ने खर्चको लागि प्रक्रिया पूरा भइसकेको र स्थानीयबासीको भागमा परेको २० प्रतिशतमध्ये अहिलेसम्म स्वेच्छिक सहयोगबाटै आधा रकम संकलन भइसकेको छ । बाँकी रकम पु¥याउनको लागि समितिले सबैलाई आह्वानसमेत गरेको छ ।IMG_44621
 
पुनर्निर्माणको लागि आवश्यक रकम संकलन गर्ने अन्य स्रोत नभएकोले स्वेच्छिक सहयोग उठाइएको र जसको लागि टुरिजम डेभलपमेन्ट बैंकको ठमेल शाखामा ००१००३१८६०१ नम्बरको गाःहिटी ढुंगेधारा पुनर्निर्माण समितिको नाममा रहेको खातामा जम्मा गर्न आह्वान गरिएको छ । एकाउन्न हजार रुपैयाँ भन्दा माथि सहयोग गर्ने दातअहरुको नाम शिलापत्रमा लेखिनेसमेत जानकारी दिइएको छ । ढुंगेधारा पुनर्निर्माणको काम तीन महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।IMG_4457
 
धाराको साँस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक महत्वलार्इृ यथाव राखी ढल निकाश, सुरक्षा व्यवस्था, सन्निकट सडकको स्तर उन्नतिलाई पनि ध्यानमा राखेर काम अघि बढाइने संयोजक शर्माले बताउनुभयो । आफुलाई महत्वपूर्ण ढुंगेधारा पुनर्निर्माणको संयोजक बनाएर भारी गुण लगाएकोमा सबैलाई धन्यवाद दिदै योसँगै ठमेलमा रहेका अन्य सम्पदाहरुको संरक्षण र संवद्र्धनको लागि आफु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका कार्यकारी तथा प्रमुख रुद्रसिंह तामाङले हरेक हिसाबले अत्यान्तै महत्वको गाःहिटी ढुंगेधारालाई अभिलम्ब पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै स्थानीयको क्रियाशिलताले मात्रै सोचेको समयसिमाभित्र काम सम्पन्न गर्न सकिने बताउनुभयो ।IMG_4455
 
उहाँले भूकम्प गएको यति लामो समय वितिसक्दा पनि प्राधिकरण बनाउने लगायतको नाममा पुनर्निर्माण र विकासको काममा भइरहेको ढिलाईको स्मरण गराउँदै सरकारकै मुख ताक्ने हो भने यो ढुंगेधारा पुनर्निर्माणको काम पनि ओझेल पर्ने भएकोले स्थानीयको सक्रिय सहभागिता रहनुपर्नेमा जोड दिनुभयो ।

परिषद्ले गर्‍यो पाँच लाख सहयोग

ठमले क्षेत्रकै विकास र प्रबद्र्धनमा काम गर्दै आएको ठमेल पर्यटन विकास परिषदले गाःहिटी पुनर्निर्माणका लागि पाँच लाख एक सय अठार रुपैयाँ सहयोग गरेको छ ।
परिषद्ले २९ वडा नागरिक मञ्चको नाममा सो रकम उपलब्ध गराएको हो । परिषद्का अध्यक्ष रामशरण थपलियाले पुनर्निर्माण र सरसफाई कार्यमा सहयोग पुगोस् भन्ने हेतुले सो रकम उपलब्ध गराइएको बताए । उनले ठमेल क्षेत्रको विकास र प्रबद्र्धनका लागि परिषद्ले विभिन्न कार्य गर्दै आएकोमा पछिल्लो समयमा यस्तो किसिमको महत्वपूर्ण कार्य गरेको बताए ।

धाराको ऐतिहासिक पक्ष
गाःहिटी कहिले स्थापना भएको हो भन्ने तथ्य÷अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । तर गोही मुखाकृतिबाट पानी आउने ढुङ्गेधारा लिच्छवीकालीन शैली भएकोले यो धारा पनि लिच्छवीकालमा नै निर्माण भएको अनुमान गर्न सकिन्छ । यससँग सम्बन्धित अर्को तथ्य निनी द्यः अर्थात् फुपू देवता पनि हो । हाल भगवान बहालमा राखिएका दुई महिलाको मूर्ति गाःहिटी र भगवान बहालमा रहेको विक्रमशील महाविहारसँग सम्बन्धित भएको मानिन्छ । मूर्तिका दुई महिलामध्ये एकले तत्कालीन समयमा भुकम्पले भत्किएको विक्रमशील महाविहार पुनर्निर्माण गरेको र अर्कीले गाःहिटी निर्माण गर्न लगाएको विश्वाश छ ।

धाराको लुकेको पक्ष
करीव २ रोपनी क्षेत्रफल ओगटेको गाःहिटीमा ४ वटा ढुङ्गेधारा छन् जसमा नियमित पानी आउँछ । यस धारामा आउने पानीको मुहान कहाँ हो, घना सहरभित्रको धाराामा कसरी पानी आइरहन्छ, खोजीकै विषय बनेको छ । अझ चाख लाग्दो विषय त के छ भने, गाःहिटी रहेको स्थान काठमाडौंका अग्ला स्थानमध्येमा पर्छ । यति भइकन पनि यस धारामा बाह्रै महिना पानी आइरहन्छ । यहाँको पानीको निकास भने गल्को पाखामा रहेको छ ।

यस अघिको जीर्णोद्धार
गाहिटीलाई कुनकुन समयमा वा अहिलेसम्म कति पटक जीर्णोद्धार गरियो सबै तथ्य पाइएको छैन । पछिल्लो समय २०४० सालमा तत्कालीन वडाध्यक्ष विश्वम्भरलाल प्रधान र २०५०/२०५१ सालमा तत्कालीन वडाध्यक्ष बर्षाराम भण्डारीको नेतृत्वमा जीर्णेद्धार भएको थियो । २०४० सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयको विशेष कार्यक्रम अन्तर्गत करीव ७५ हजार रुपैयाँ खर्च गरेर जीर्णोद्धार गरिएको धारा त्यस लगत्तै परको चट््याङ्ले विगारी दियो । यसले पानीको निकास बन्द भएर धाराभित्र नै पानी जम्मा हुन थाल्यो । विसं २०४० सालमा स्थानीय निर्वाचन भएपछि वडा २९ बाट वडाध्यक्षमा निर्वाचित बर्षाराम भण्डारीले २०५०/०५१ सालमा करीव ३ लाख रुपैयाँको लागतमा पानीको निकास खोलेर जीर्णोद्धार गराउनु भएको थियो ।

 IMG_4458

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१