वेश्यावृत्तिका यी तीन नमुना, कहाँ कसरी हुँदैछ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७२, शनिबार १८:०३
kothiकलंकीमा म्यानपावरको आवरणमा कोठी संचालन
कलंकी मकालु पेट्रोलपम्पपछाडि एउटा आर्कषक साढे ३ तले घर छ । कम्पाउन्डसहितको घरमा बोर्ड राखिएको छ, सोसाइटल ओभरसिज सर्सिसेज । देखेर भन्नुहोला, रोजगारीका लागि विदेश पठाउने कार्यालय रहेछ तर होइन रहेछ ।
 
शुक्रबार प्रहरीले छापा मारेपछि त्यो घरभित्रको वास्तविक धन्धाको रहस्य खुल्यो । न त नामको कुनै म्यानपावर नै अस्तित्वमा थियो नत त्यहाँबाट कसैलाई विदेश पठाइथ्यो । मेनपावरको आवरणमा बेश्याबृत्तिको घन्दा संचालन हुँदै आएको थियो । त्यहाँबाट प्रहरीले २ युवती र २ संचालकलाई पक्राउ गर्यो । कालीमाटी प्रहरीले संचालकद्धय बिमला अधिकारी र गोपाल भुसाललाई पक्राउ गरेको छ ।
कलंकीमा म्यानपावरको आवरणमा कोठी संचालन
कलंकीको एक घरबाट पक्राउ परेका ३ युवतीले आफूहरुलाई जागिर लगाइदिने प्रलोभनमा जर्जजस्ती वेश्यावृत्तिको लगाइएको बताएका छन् । धादिङ, नुवाकोट र गुल्मीका २ युवती करिव २० वर्षका छन् ।
केही युवतीलाई नियमित रुपमा त्यही राख्ने र अरु युवतीलाई ग्राहकका माग अनुसार टेलिफोन गरेर बोलाउने गरेको पाइएको छ, कालीमाटी प्रहरीका डिएसपी हेम थापाले बताए। उनका अनुसार त्यहाँ खानपानको व्यवस्थासहित कोठी संचालन गरिएको थियो।
 
ठमेल र बसपार्कबाट फैलदैँ वेश्यावृत्ति
पाँच ६ वर्ष अघि सम्म ठमेल र नयाँबसर्पाक क्षेत्र वेश्यावृत्तिका कारण बदनाम थिए । ठमेलमा मसाज पार्लर र गेष्टहाउसमा खुलमखल्ला वेश्यावृत्ति हुन्थ्यो। तर प्रहरीले कडाइ गरेपछि त्यहाँ सो काम घट्यो । वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाज सेन्टर बन्द भइसकेका छन् ।
 
 
त्यस्तै नयाँ बसपार्क क्षेत्रमा पनि होटलकै मिलेमतोमा वेश्यावृत्ति निकै कम भएको छ। ठमेल र बसपार्क क्षेत्रमा वेश्यावृत्ति बम भएपनि काठमाडौंमा संगठित रुपमा सो काम भइरहेको छ । पछिल्लो समय घर तथा फ्लाट भाडामा लिएर गोप्य रुपमा त्यस्तो धन्दा हुन थालेको छ । कतिपय त्यस्ता अखडामा जुवासमेत संचालन हुन्छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१