अमेरिका मोह,कमाइ र जीवन बिमा कति भ्रम कति वास्तविक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७२, शनिबार ०९:५६

रोशन अधिकारी /अमेरिका -श्री पशुपतिनाथ, स्वयम्भुनाथ लगायत विभिन्न देव-देवीहरूले रक्षा गरेको अनि सगरमाथा लगायत विश्वकै  अग्ला गगनचुम्बी चुचूराहरूले पहरा दिएको सुन्दर राष्ट्र  नेपालबाट सुनौलो अवसरको खोजिमा निस्केका हामी नेपाली समुदाय हाल Land of Opportunity को नामले चिनिने, आर्थिक तथा प्रजातान्त्रिक स्वतन्त्रता भएको सम्बृद्ध राष्ट्र  संयुक्त राज्य अमेरिकामा आप्रबासीको रूपमा बस्दै आएका छौं |

हामी किन आफ्नो जन्मभूमि छाडी यहाँ आयौं त? किरोशननभने यहाँ हामी आफ्नो र आफ्नो परिवारको लागि आर्थिक स्वतन्त्रता, आशा र उज्ज्वल भबिष्य पाउन सक्ने भएकोले सुनौलो अवसरको खोजीमा आएका छौं| तर अमेरिका नै किन? किनभने अमेरिका विश्वको एक सम्बृद्ध रास्ट्र हो | हामीले आफूले आफैलाई कहिल्यै सोच्यौ  किन अमेरिका संसारकै एक धनि रास्ट्र बन्यो? के यहाँका मानिसहरू यानेकी अमेरिकनहरू कडा मेहनेती भएर हो ? अर्थात् कि अमेरिकनहरूसंग केहि अन्य गोप्य कुराहरू छन् जो अरू संग छैन?  कि त त्यहाँ अरू नै केहि चिज छ जो हामीलाई थाहा छैन?

हामी नेपालीहरू प्राय सबै पहिलो पुस्ताको आप्रबासी हौं यस राष्ट्रमा | कोहि हामी यहाँ ज्यादै नयाँ छौं भने कोहि बर्षौं-बर्षदेखि रहदै-बस्दै आएका छौं | हामी जे सपना सोंचेर यहाँ आएका थियौं त्यो पाएका छौं त ? जस्तै उच्च जीवन? अवसर? आशा? सून्दर भविष्य? पैसा अर्थात् आर्थिक स्वन्तन्त्रता? अर्थात् हामीले सोचे-चाहे जस्तै जीवन सैली? कहीं अहिले सम्म हामी घण्टाको $१०-१५ को लागि नै संघर्ष गर्दै सुन्दर भविष्यको लागि सोचीरहेका त् छैनौं? ६०-६५ बर्ष पछी बुढेसकालमा कसरी सेवा-निवृत्त (Retired) हुने भन्ने बारेमा कहिल्यै सोचेका छौं?

मलाई जहाँ सम्म लाग्छ अमेरिकामा उपभोक्ताको सरंक्षणको लागि आवस्यक प्रसस्त नियम-कानूनहरू छन र धेरै जसो अमेरिकनहरूसंग बिसेष गरी अर्थ (finance) को मामलामा आवस्यक ज्ञान र उचित जानकारी छ | हाम्रो बारेमा के त? के हामीसंग अर्थको सम्बन्धमा प्रसस्त ज्ञान र जानकारी छ त? जे हामी गर्छौं त्यसमा हामी संग सत्य-तथ्य र पूर्ण जानकारी छ? कि हामी संग अपूर्ण जानकारी मात्रै छ? “A half baked idea is okay as long as it is in the oven” भन्ने पढेको छु तर कतै हाम्रो आधा पाकेको विचार अर्थात् ज्ञान चूल्हो भन्दा बाहिर परेर सेलाएको त छैन? एक पटक गम्भीर भएर सोंच्नु आवस्यक छ |

म यहाँ कसैलाई पढाउन खोजी रहेको छैन | मैले यहाँ जे देखेको छु सो सम्बन्धमा आफ्नो विचार आफ्नो समुदायमा बाँड्दै छु | अमेरिकन मानिसहरू खास गरी धनि अमेरिकनहरू अर्थको मामलामा ज्यादै सतर्कतापूर्वक आर्थिक योजना बनाउदा रहेछन | आर्थिक योजनाको पाटोको रूपमा यिनीहरूले आफ्नो परिवार अर्थात् तिनका प्रियजनहरूको लागि आफ्नो शेष पछिको लागि बिसेष व्यवस्था गरेका हुन्छन | जीवन-बीमालाई आर्थिक जगको रूपमा प्रयोग गर्दा रहेछन किनकि जीवन-विमाले भै-परि आउँदा तिनका प्रियजनहरू जस्तै तिनका दम्पति, तिनका बच्चाहरू, अनि तिनका माता-पिताहरुको लागि आर्थिक सुरक्षा प्रदान गर्दछ |

अब केहि छिन अमेरिकामा जीवन विमाको इतिहाँस सम्बन्धमा चर्चा गरौं | सन् १७६० मा अमेरिकामा जीवन विमाको सुरूवात भएको देखिन्छ | झन्डै ३०० बर्षमा अमेरिकामा जीवन बिमा उद्योगको बिकाश र विस्तार हुँदै आएको छ | जीवन विमाको महत्व र यसको ऐतिहासिक तथ्य बारेमा www.lifehealthpro.com प्रकाशित “6 Famous Brands Started or Saved by Life Insurance” लेखका केहि महत्वपुर्ण सारहरू प्रस्तुत गर्न गैरहेको छु |

1. Disneyland : ” In 1950, after failing in pursuit of traditional means of financing to build what would become Disneyland, Walt Disney decided to provide his own financing. A large part of this came to be by borrowing money from his Cash Value life Insurance……”

सोच्नुस कि यदि Walt Disney ले Cash Value Life Insurance बाट पैसा सापटी लिन नपाएको भए उनले अहिलेको प्रख्यात Disneyland लाइ पूर्णता दिन सक्दैन थिए होला | दैनिक करिव $४१,३६७,१२३.२९ आम्दानी गर्ने Disneyland हाम्रो सामु हुनेथियो त? (“How much money is Disneyland worth?” article from forbeswebsite)

2. McDonald Hamburger: ” Kroc bought out the McDonald brothers in 1961. Kroc did not take a salary during his first 8 years, and to overcome constant cash-flow problems, Kroc Borrowed money from two cash value life insurance policies to help cover the salaries of key employees”

3. Stanford University: “…..avoiding a temporary closure, Jane Stanford used her husband’s life insurance policy proceeds to help fund the operations…….”

आफ्नो १५ बर्षे छोरो Leland Stanford Jr. को टाई-फाइड रोगको कारण अकालमा मृत्यू भए पछी उनकै सम्झनामा आफ्नो सन्तानको भविष्यको लागि केहि पनि गर्न नपाएपनि दुनियाका बच्चाहरूको उज्ज्वल भविष्यको लागि आफ्नो धन-सम्पती सदुपयोग गर्ने महान उद्देश्यकासाथ् Leland Stanford र उनका श्रीमती, पूर्व U.S. Senator एवं California State Governer, Jane L. Stanford ले Palo Alto, California मा Leland Stanford Jr. University (1891) को स्थापना गरे | आफ्नो पतिको मृत्यु पश्चात सन् १८९७ मा सो Leland Sanford Jr. University मा आर्थिक अभावको कारण बन्द हुने अबस्थामा रहेको समयमा श्रीमती Jane L. Stanford ले उनका पतिको जीवन-बिमाबाट प्राप्त रकम उपयोग गरेर सो बिस्व-बिद्यालयलाइ सूचारू गरेका थिए | र आज सम्म यो विश्व-बिद्यालय बिस्वभरी नै प्रसिद्ध छ र यसले विस्वका नाम चलेका उच्च विश्व-बिद्यालहरूमा पांचौं स्थान ओगटेको छ |

4. JC Penny: “The stock market crash of 1929 and the ensuing Great Depression devasted the stores and Penny’s personal wealth…he was able to borrow against his cash value life insurance plicies to help the company meet its pay-roll and day-to-day expenses”

5. Pampered Chef: ” In 1980, using $3000 she borrowed from a life insurance policy, Doris Christopher started The Pampered Chef…..”

6. Foster Farm: “In 1939, a young couple named Max and Verda Foster started Foster Farms by borrowing $1000 against a life insurance policy….”

यसरी बितेका १०० बर्षमा यी माथिका विभिन्न ६ प्रचलित अमेरिकी ब्रान्डहरूले आर्थिक संकट परेको समयमा Cash Value Life Insurance Policy को उपयोग गरी आफ्नो व्यापार-व्यबशाय सुरु गरेको एवं बन्द हुने अवस्था पुगेका विश्वमा नै ख्याति प्राप्त संस्थाहरूको पुनर्जीवि भएको सम्बन्धमा तपाईंहरूको के विचार छ? हामीले अमेरिकाका यिनै पुराना ६ ब्रान्ड र यसका ऐतिहासिक तथ्यहरूलाई विश्वास गर्नेकि तिनै व्यक्तिहरू जोसंग यस बारेमा पर्याप्त ज्ञान छैन र के कुरा गरी रहेकोछु भन्ने आफैलाई थाहा हुँदैन त्यस्ताको पछाडी कुद्ने? जो कसैलाई पनि सहि जानकारी र असल ज्ञान ज्ञान दिनु अति राम्रो हो तर अपूर्ण र गलत जानकारी दिनु ज्यादै हानिकारक हुन्छ | तर अन्त्यमा, यो तपाइंको लागि हो, के गर्नु उचित हुन्छ? के गर्नु हुन्न? भनि निर्णय लिने व्यक्ति तपाईं आफै हो | एउटा ख्याल गर्नु पर्ने कुरा, अमेरिका वाक स्वतन्त्रता भएको देश हो र जो कसैले पनि जे पनि भन्न सक्छ कुनै पनि बिषय प्रसंगमा| तर तपाईको आफ्नो र परिवारको उज्ज्वल भविष्यको लागि तपाईं आफै बढी जिम्मेवार हुनुहुन्छ | आफ्नो परिवारको भविष्य सुरक्षित गर्ने जिम्मा तपाईं को हो न कि ती नकारात्मक प्रचार गर्नेहरूको? “It is easier to believe a lie that you have heard a thousand times, than the truth that you have only heard once” भन्ने विचारसंग प्रभावित भै नकारात्मक सोंच राखी प्रसारित खवर सुनी त्यसैलाई सही भनि ठान्नु भनेको आफ्नो परिवारको भविश्य सूनिस्चित र सुरक्षित गर्नबाट बन्चित गर्नु हो | अब यसै प्रसंगमा एक प्रस्न तेर्स्याउन चाहन्छु | जीवनमा भोलि अर्थात् केहि क्षणपश्चात हामीलाई के हुन्छ कसैलाई केहि थाहा हुँदैन| यदि तपाई आफ्नो परिवारको रक्षा आफै गर्नु हुन्न भने भोलि तपाइलाई या तपाइको परिवारलाई केहि पर्न गयो भने त्यो व्यक्ति जसले तपाइलाई नकारात्मक सूचना दिई उक्साइरहेको छ उसले तपाइको परिवारलाई आर्थिक सहयोग गर्दछ या तपाइको कम्पनी जसको प्रडक्ट तपाइँ संग छ? तपाईले आफ्नो अन्तिम निर्णय लिनु अगाडी एक पटक सो खराब नियत राखी प्रचारित खबर सहि छ या छैन पत्ता लगाउने कोशिस गर्नुस | हामी अमेरिकामा छौं अनि यहीको आर्थिक प्रणालीलाइ बिस्वाश गर्दै यहाँका धनि-मानीहरूले पनि आफ्नो आर्थिक आधारको जगको रूपमा मानेको जीवन-बिमालाइ बिस्वाश गर्नेकि तिनै नकारात्मक सोच राख्नेहरूको कुरो सुन्ने ? यो तपाइँको आफनो छनौट भित्र पर्ने कुरा हो | तर एक पटक फेरि पनि पुन: गम्भीरताकासाथ् सोच्न अनुरोध छ तपाइँ यहाँ किन हुनुहुन्छ? तपाई यहाँ आफ्नो र आफ्नो परिवारको उज्जवल भबिष्यको निर्माण गर्नको लागि संघर्षरत हुनुहुन्छ| कृपया तपाइंको यस्तो ठूलो आशा र सून्दर सपना तुयाउने जिम्मा कसैमा नथोपार्नुस | जे जस्तो जानकारी तपाइंलाई आउँछ यो साँचो र तपाइको परिवारको लागि सहि भए-नभएको केलाउने गर्नुस | आफ्नो र आफ्नो परिवारको लागि सून्दर भविश्य निर्माण गर्ने सु-अवसर नगुमाउनुहोस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१