औंठी नदिँदा सिन्दूर हाल्दै गरेको बिहे रोकियो !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७२, शनिबार ०९:२२
वीरगन्ज । बेहुलीको बुबाले औंठी दाइजो नदिँदा सिन्दूर हाल्दै गरेको बिहे भाँडिएको छ । वीरगन्ज उपमहानगरपालिका १८ लक्ष्मणवाका २२ वर्षीय अनुप वर्णवाल र भारत बिहार पश्चिम चम्पारणको बेतियाकी २१ वर्षीया पुनम कुमारी (परिवर्तित नाम) बीच बिहीबार राति भइरहेको बिहे भाँडिएको हो । आदर्शनगरस्थित महावीर धर्मशालामा भइरहेको विवाह समारोहमा बेहुली पुनमको सिउँदोमा सिन्दूर हाल्न अगाडि बढेका बेहुला अनुपलाई उनका बुबा अंकुर वर्णवालले रोकेर दाइजोमा कबुल नै नगरिएको सुनको औंठी बेहुलीका बुबा जगरनाथ वर्णवाल (नाम परिवर्तित) सँग मागे । जगरनाथले सुनारले बनाउन नभ्याएकाले औंठी पनि दिन्छु भन्दै हात जोडे । त्यसपछि अंकुरले औंठी नपाए छोराका बिहे नगर्ने धम्की दिए ।gold-ring
 
अनुपले पनि औंठी नपाएपसम्म बेहुलीको सिंग्दोमा सिन्दूर नहाल्ने अडान लिए । त्यही विषमया विवाद भई बेहुला र बेहली पक्षबीच कुटाकुट हुँदा विवाह भाँडिएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया