यी सबै अभिनेत्री बिहे गर्दा ३० वर्ष पार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७२, शनिबार ०६:३०
बलिउडपढ्नलाई उमेरले छेक्दैन भन्ने नेपाली भनाई छ । रुसी भनाईमा भने बिहे गर्नसमेत उमेरले छेक्दैन भन्ने छ ।
तर, परम्परागत मान्यताअनुसार उमेरमै बिहे गर्नुपर्छ भन्ने चलन पनि छ । नेपाल, भारतजस्ता मुलुकमा किशोर उमेर पार गरेपछि बिहे गर्ने बेला भयो भनिन्छ । तर, यो मान्यता बिस्तारै भत्किँदै गएको छ । बिहे समाजका लागि भन्दा पनि आफ्ना लागि गर्ने मान्यता बन्दैछ ।
बलिउडका थुप्रै अभिनेत्रीहरुले पुरानो मान्यतालाई तोडेर आफूले चाहेको समयमा बिहे गरेका छन्  जसले बिहे गर्दा उमेर बाधक बनेन । यी सबै अभिनेत्री बिहे गर्दा ३० वर्ष पार भइसकेका थिए ।
प्रिति जिन्टाः अमेरिकी प्रेमीसँग हुन लागेको खबरलाई हल्ला भन्दै आखिरमा प्रिति जिन्टाले सोही व्यक्तिसँग बिहे गरिन् । यसअघि नेस वाडियासँगको प्रेममा रहेकी प्रिति र नेसको सम्बन्ध अन्तिममा मुद्दामामिलासम्म पुगेको थियो । नेससँग छुट्टिएर १० वर्ष कान्छा जेन गुडेन्फसँग प्रेममा परेकी प्रितिको बिहे ४१ वर्षको उमेरमा भएको हो ।
रानी मुखर्जीः यसै वर्ष पहिलो सन्तानलाई जन्म दिएकी रानी फिल्म निर्माता आदित्य रोय कपुरकी दोस्रो श्रीमती हुन् । रानीको बिहे हुँदा उनको उमेर ३५ वर्षको थियो।
विद्या बालनः विद्याले सन् २०१२ मा युटिभीका सिइओ सिद्धार्थ रोय कपुरसँग बिहे गरेकी हुन् । बलिउडमा ढिला प्रवेश गरेकी विद्याले बिहे गर्दा उनको उमेर ३४ वर्ष भइसकेको थियो ।
उर्मिला मतोन्डकरः प्रितीजस्तै उर्मिलाले नौ वर्ष कान्छा पुरुषसँग लगनगाँठो कसेकी हुन् । उर्मिलाको उमेर ४२ भयो भने उनका पतिको उमेर ३३ हो ।
ऐश्वर्या रायः पूर्व विश्वसुन्दरी ऐश्वर्या रायको बिहे सन् २००७ मा भएको हो । त्यतिबेला उनको उमेर ३४ वर्षको थियो भने अभिषेक बच्चनको उमेर ३२ थियो ।
शिल्पा सेट्ठीः व्यवसायी राज कुन्द्रासँग सन् २००९ मा बिहे गर्दा शिल्पाको उमेर ३४ वर्षको थियो ।
सुहाशिनी मुलेः सुहाशिनीले बलिउडका धेरै फिल्ममा सहायक चरित्रमा अभिनय गरेकी छिन् । ‘दिल चाहाता है’ मा आमिर खानको आमा चरित्रबाट उनलाई धेरैले चिन्छन् । सन् २०११ मा उनको बिहे हुँदा धेरै अचम्मित भएका थिए । किनकी उनको उमेर ६० वर्ष पुगिसकेको थियो । उनका पति भने ६५ वर्षका थिए । उनीहरुको भेट इन्टरनेटबाट भएको थियो ।
निना गुप्ताः क्रिकेटर विवियन रिचर्ड्ससँग प्रेममा छँदै निनाले सन् १९८९ मा छोरीलाई जन्म दिइन् । तर, बिहे नहुँदै उनीहरुको जोडी छुट्टियो । अविवाहित आमा भनेर चिनिएकी निनाले ४८ वर्ष पुगेपछि सन् २००८ मा विवेक मेहरासँग घरबार जोडिन् ।
लिसा रायः लिसालाई बलिउडमा बहादुर अभिनेत्री मानिन्छ । लामो समय क्यान्सरसँग लडेर जित हासिल गरेकी उनले ४० वर्षको उमेरमा घरबार जोडिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१