गुलरियामा चुरोट किन्न आएक युवकले एसिड छ्यापे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७२, शनिबार ०६:१८
acia_attack_12779_988889186घोराही । घोराही -२ गुलरियामा किराना पसल गर्ने ३२ वर्षीया रिता चौधरीमाथि बिहीबार एसिड प्रहार भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । किन्न आएको युवकले उनीलाई एसिड छ्यापेर भागेको हो ।
दाङमा उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ। आक्रमणकारीको पहिचान भएको छैन । सोधपुछका लागि प्रहरीले दुईजनालाई पक्राउ गरेको  छ।
मोटरसाइकलमा आएका युवकले एसिड हानेर भागेको उनले बताएकी छिन् । बेलुका करिब ७ बजेतिर मोटरसाइकलमा आएका दुईजनाले सिरिन्जले एसिड छर्केको उनको भनाई छ । आक्रमण गर्नेको पहिचान नखुलेको र अनुसन्धान जारी रेहको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुवेर कठायतले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१