मार्च २१ को दिन दलित समुदायको सम्मान तथा अन्तराष्ट्रिय प्रतिद्धता पुरा गर्न सार्वजनिक बिदा दिनु पर्ने सरोकारवालाहरुको जोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७२, शुक्रबार २१:२७

दलित १  काठमाण्डौ ।  दलित शक्ति नेपालको आवहानमा  यस बर्ष ५१ औ अन्तराष्ट्रिय जातिय एंवम रंगभेद विरुद्धको दिवस मार्च २१ लाई के कसरी संयुक्त रुपमा मनाउन सकिन्छ भन्ने सन्दर्भमा छलफल बैठक सम्पन्न भएको छ ।
छलफल बैठक दलित शक्ति नेपाकी संयोजक सुशिला सेर्पाली को अध्यक्षता बसेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई नयाँ शक्ति नेपालका अन्तरिम परिषद सदस्य कमला हेमचुरीले स्वागत गर्नु भएको थियो कार्यक्रमको औचित्य माथि प्रकाश गर्दै पूर्व सभासद नयाँ शक्ति नेपालका परिषद् सदस्य हरि सेर्पालीले २१ मार्चको मनाउने कार्यक्रम तय गर्न ढिला भएकाले हामीले शुरुवाती बैठक बसालेको र अर्को बैठक अरु कुनै संघ संगठनले बोलाएर सके सम्म संयुक्त रुपमा गर्न सकियोस भन्ने अभिप्राय सहित दलित शक्ति नेपालको बारेमा जानकारी दिने उदेश्यले गरिएको बताउनु भएको थियो । दलित ३

कार्यक्रमा दलित शक्ति नेपालकी संयोजक सुशिला सेर्पालीले यस बर्ष सरकार संग अन्तराष्ट्रिय जातिय एंवम रंगभेद विरुद्धको दिवस मार्च २१ लाई दलित समुदायको सम्मान तथा अन्तराष्ट्रिय प्रतिद्धता पुरा गर्न सार्वजनिक बिदा दिनु पर्ने माग राखिनु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमा उपस्थित सहभागी हरु संघ सस्था तथा राजनैतिक भातृसंगठनका प्रतिनिधिहरुले दिएको सल्लाह अनुरुप  बैठकले २१ मार्चका लागी आबश्यक अपिल,माग तथा नाराहरु तय तथा कार्यक्रमलाई बृहत गराउन राष्ट्रिय दलित आयोग र दलित नागरिक समाज, तथा संघ संस्था र राजनैतिक भातृसंगठन सयुक्त रुपमा बृहत बैठकको  १५ मार्च सम्म  बस्नलाई पहल तथा संयोजन गर्न ३ जना दलित बुद्धिजिबी हिरा बिश्वकर्मा, दलित सेवा संघका बरिष्ठ उपाध्यक्ष गणेश कालिराज र अधिकारकर्मी सन्तोष बिश्वकर्मा जिम्बेवारी दिएको छ ।दलित

सो कार्यक्रमा अधिकारकर्मीहरु  हिरा बिश्वकर्मा, गणेश कालिराज,राजन बिश्वकर्मा रणबहादुर बिश्वकर्मा सरु सुनार, सुनिता मरिक,कमला हेमचेरी दलमर्दन कमी,डम्बर बिश्वकर्मा,मिलन बस्याल,राजेश बागचन्द,दिपक सुन्दास,मनिस ओड,बुद्धी परियार, ईन्द्र सुनार,हरि सेर्पाली,धर्मराज परियार, सन्तोष बिश्वकर्मा लगाएतका अधिकार कर्मीहरुले धारण राख्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१