१० कोठे विद्यालय भवन उद्घाटन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७२, शुक्रबार १२:४१

DSC_0271

गत बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट प्रभावित खुला आकाश मुनी पठन पाठन गर्न बाध्य श्री देउराली नि.मा.वि होसिङ्गाको १० कोठे विद्यालय भवन समृद्घ नयाँ नेपाल (Prosperous Nepal)  संस्थाले क्बल San Antonio Nepalese Association , USA को आर्थिक सहयोगमा अन्र्तराष्ट्रिय आध्यात्मिक युवा व्यक्तित्व पुज्य श्री विभूजी महाराजका करकमलबाट यहि फाल्गुन २६ गतेका दिन समुद्घाटन कार्यक्रम भव्यताका साथ सु–सम्पन्न भएको छ । नेपाल मानव धर्म सेवा समिति एवं समृद्घ नयाँ नेपालको संयुक्त आयोजनमा उक्त विद्यालयमा अध्यनरत र अन्य विद्यालयका गरी ४०० जना भन्दा बढि विद्यार्थीहरुलाई कापी, कलम र स्टेशनरी सामग्री वितरण प्रमूख अतिथि पुज्य श्री महाराजले गर्नुभयो । ????????????????????????????????????शिक्षाद्घारा समाजमा ठूलो परिवर्तन ल्याउन सकिन्छ, शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका पछि पर्न हुदैन भन्ने उद्घेश्यले शिक्षा अभियान नेपाल लगायत सारा विश्वमा महाअभियानको रुपमा सुरु भएको र त्यसको फाईदा दुर्गमका बालबालिकाले पाउने बताउनु भयो । समृद्घ नयाँ नेपाल संस्थाले विद्यालय भवन तथा पुस्तकालय बनाउने काम प्रशंसनिय रहेको छ । समृद्घ नयाँ नेपाल संस्थाका अध्यक्ष ई. राजिव पौडेलज्यूले बालबालिकालाई शिक्षाबाट पछि पर्न हुदैन, जुन काममा यस संस्था निरन्तर रुपमा अगाडी बढेको कुरा बताउनु भयो । ????????????????????????????????????

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१