फेसबुक म्यासेन्जरले ल्यायो नयाँ सुविधा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७२, शुक्रबार ११:४९
फेसबुक म्यासेन्जरमा म्यूजिक राख्न मिल्ने नयाँ फिचर थप ल्याएको छ जसबाट गीत सेयर गर्न सकिने छ ।
यस फिचरको माध्यमबाट प्रयोगकर्ताले म्यासेन्जर च्याटमा ‘More’  भन्ने सेक्सनमा विभिन्न थ्रेडहरु देख्न सकिन्छ, जहाँ प्रयोगकर्ताहरुले स्पोटिफाई ‘Spotify’ ओपन गर्ने विकल्प हुनेछ । यसमा क्लिक गरेपछि सिधै म्यूजिक एप खोलेर आफूले चाहेको कुनै पनि गीत छान्न सकिनेछ ।
उक्त स्पोटिफाई अप्सनलाई ट्याप गरेपनि स्वचालितरुपमा स्पोटिफाई एपमा जोडिन पुग्नेछ जहाँ प्रयोगकर्ताहरुले “सर्च फर समथिंग टू शेयर” Search for something to share भन्ने सर्च अप्सनबाट सर्च गर्न सक्नेछन् ।
यो फीचर थप्नाले फेसबुकलाई म्यासेन्जरको प्रयोगकर्ता बढाउन निकै सहयोग हुने अनुमान गरिएको छ भने स्पोटिफाईलाई पनि म्यासेन्जरको माध्यमबाट एपलाई भाईरल बनाउन सहयोग पुग्नेछ ।
यसमा बनाएको प्ले लिस्टलाई फेसबुक म्यासेन्जरमा सेयर गर्न सकिने खास विशेषता रहेको छ । यो फिचर आइओएस र एन्ड्रोइडका लागि उपलब्ध छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१