​अमेरिकामा अर्को गोली काण्ड, पाँचको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार १४:०९
वासिङ्टन।संयुक्त राज्य अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । त्यसमा परी कम्तीमा पनि पाँच जना मारिएका छन् । पेन्सिलभानियाको एक निजी निवासमा अज्ञात व्यक्तिले बुधबार राति अबेरतिर अज्ञात व्यक्तिले गोली हानेर पाँचजनाको हत्या गरेको समाचार छ ।usa मारिनेमा चार जना महिला र एकजना पुरुष रहेको बताइएको छ । चार जनाको घटनास्थलमै र एक महिलाको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गोली लागेका अरु तीन जना गम्भीर रुपमा उपचार गराइरहेका छन् । पेन्सिलभानियाको विल्किन्सबर्गमा सो घटना भएको हो । घटनास्थलको अध्ययनबाट दुई फरक फरक हतियार प्रयोग भएको देखिएको प्रहरीको भनाई छ । प्रहरीले हत्याराको खोजी व्यापक मात्रामा गरेको छ तर अहिलेसम्म पनि कसैलाई पक्राउ गरेको छैन । एक व्यक्तिको घर परिसरमा बसेर रातिको समयमा खाइरहेका परिवारका सदस्यलाई लक्ष्यगरी गोली चलाइएको पाइएको प्रहरीको भनाई छ । प्रहरीले यसरी गोली हान्ने व्यक्ति आफ्नै साथी हुनुपर्ने अनुमान गरिएको पनि जानकारी दिएको छ । घर परिसरमा बसेर रातिको समयमा रमाइलो गरी खाइरहेका बेला सो घटना भएको अनुमान प्रहरीको छ । अमेरिकामा नागरिकले व्यक्तिगत रुपमा नै बन्दुक राख्न पाउने कानुनी प्रावधानका कारण पछिल्लो समयमा यस्ता गोलीकाण्डका दुर्घटनाहरु कैयौँ हुने गरेका देखिन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१