प्रधानमन्त्रीले उद्घाटन गरे रक्त सञ्चार भवन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार १३:००

बिर्तामोड, २७ फागुन। नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडको संयुक्त पहलमा बिर्तामोड–१ पञ्चकन्यामा निर्मित रक्तसञ्चार सेवा भवनको उद्घाटन भएको छ । red v
आज विहीवार विशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले रीवन काटेर र शिलालेख अनावरण गरी भवनको उद्घाटन गरे ।
रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा भएको समारोहमा प्रधानमन्त्री ओलीले भवन निर्माणका लागि जग्गा, नगद र जिन्सी प्रदान गर्ने दाताहरुलाई सम्मानपत्रद्वारा सम्मान गरे ।
समारोहलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले मानवीय सेवामा फराकिलो छातीका साथ अग्रसर रेडक्रसको कार्य स्तुत्य रहेको बताए । रेडक्रसले कुनै देश, धर्म, जात, वर्ण, पेशा, वर्ग, लिङ्गमा विभेद नगरी विशुद्ध मानव सेवा पु¥याउँदै आएको र बिर्तामोडमा भवन निर्माण गरी रक्तसञ्चार सेवा सुचारु गरेकोमा रेडक्रसकर्मीको प्रशंसासहित धन्यवाद ज्ञापन समेत गरे । प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट रेडक्रसको अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सभापति ढकालले स्वागतसहित रेडक्रसको अभियान र भवन निर्माणको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन रेडक्रस झापाका मन्त्री कृष्णकुमार मैनाली र रेडक्रस उपशाखा बिर्तामोडका सचिव एकराज गिरीले गरेका थिए ।
देवी पञ्चकन्या ल्याण्ड एण्ड हाउजिङ प्रालिले २०६९ सालमा १७ लाख मूल्य पर्ने १२ धुर जग्गा निःशुल्क प्रदान गरेपछि सोही बर्षको असार ३ गतेबाट भवन निर्माण शुरु भएको थियो । जग्गाको मूल्य १७ लाखसहित भवन निर्माणका लागि ७१ लाख ७३ हजार ४ सय ८२ रुपैयाँ ५७ रुपैयाँ खर्च भएको रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए ।
तीन तले भवनको पहिलो तलामा रक्तसञ्चार सेवा रहेको छ भने माथिल्लो तलामा रेडक्रस उपशाखा बिर्तामोडको कार्यालय र जिल्ला शाखाको सम्पर्क कार्यालय रहेको छ । रेडक्रसलाई एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने दातालाई यशस्कर सदस्यता र २५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दातालाई विशिष्ठ सदस्यता प्रदान गरिएको रेडक्रस बिर्तामोडका कोषाध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१