पाँचतोला सुन र बीस हजार लुटेर फरार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार ११:४१

कञ्चनपुर,२७  फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका स्टेसनपुरकी ५५ वर्षीया गौरीदेवी धानुकको पाँच तोला सुन र रु बीस हजार लुटिएको छ । बुधबार छोरीलाई भेट्न महेन्द्रनगरको गल्ली नं ३ मा रहेको लक्ष्मी सिलाइ सेन्टरमा पुगेका बेला अपरिचित युवकले झोलामा राखेको सुन र नगद लुटेर लगेको धानुकले बताउनुभएको छ ।सुन

स्टेसनपुरस्थित घरमा कोही नबस्ने भएकाले झोलामा सुन र नगद बोकेर हिँड्ने गरेको उहाँले बताउनुभयो ।

पीडित महिलाले दिएको हुलियाका आधारमा लुटेराको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१