बाबु–आमाको बिहेमा छोरो जन्ती !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार ०८:५७
भरतपुर । कसैलाई झोक चलेमा कहिलेकाहीँ ‘बाउको बिहे देखाइदिन्छु’ भन्ने गरेको सुनिन्छ । तर यहाँका एक किशोर साँच्चिकै बाबुआमाको बिहेमा जन्ती गए । एसएलसीको तयारीमा जुटेका सुरेश वाइबा अभिभावकको बिहेमा रमेका हुन् । भरतपुर ३ क्षेत्रपुरका ४५ वर्षीय कमल वाइवा र ३६ वर्षीय राममाया थोकरबीच आइतबार धुमधामले विवाह भएको हो ।
 
मकवानपुर, हाडखोला ९ दिल्लीपुर स्थायी घर भएका पतिपत्नीले आफ्नो संस्कृति अनुसार दोस्रोपटक विवाह गरेका हुन् । उनीहरु शनिबार बिहान गाउँ पुगेका थिए । आइतबार कमल दिल्लीपुर गाउँबाट छोरी, भतिजा, भतिजी, नातिनातिनी र आफन्तलाई जन्ती लिएर चुरे डाँडाबाट तल झरे । आधा पैदल ओरालो झरेपछि हेटौंडाबाट जन्ती लिन बस आइपुग्यो । बेहुलाले १८ हजार तिरेर बस रिजर्भ गरेका थिए । जन्ती लिएर मकवानपुरको नामटार ९ बेतघारीमा दिउँसो १ बजे पुग्यो ।
 
बाटामा आफन्तले स्वागत समारोह राखेका थिए । बसबाट ओर्लेर २० मिनेट उकालो लागेपछि जन्ती बेहुली घर पुग्यो । विभिन्न परिकार पस्किएर जन्तीको स्वागत गरियो ।bihe
 
त्यसपछि धर्मगुरुले विधिपूर्वक विवाह सुरु गरे । बेहुलाबेहुली निकै खुसी देखिए । ‘बिहेले धेरै खुसी छु,’ बेहुला कमलले भने, ‘बुढेसकालमा धेरैले बिहे गर्न भ्याउँदैनन् । मैले त्यो सौभाग्य पाएँ,।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१