जीवन रहुन्जेल केही न केही सिकिरहनुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार ०८:१२

swami_rama_tirtha-750यो स्वामी रामातीर्थ जापानको यात्रा गरिरहेकाे समयको कुरा हो । उनी पानीजहाजबाट यात्रा गरिरहेका थिए । त्यही जहाजमा एक जापानी पनि थिए । जसको उमेर करिब ९० बर्षको थियो । उनका खुट्टा कामिरहेका थिए र आँखा पनि धेरै कमजोर भईसकेका थिए र पनि उनी चिनियाँ भाषा सिक्नको लागि किताब पढिरहेका थिए ।

चिनियाँ भाषा धेरै कठिन हुन्छ र सिक्नको लागि पनि धेरै बर्ष लाग्छ । स्वामी रामातीर्थ ती जापानीको लगन देखेर प्रभाबित भए ।

उनी त्यो जापानीलाई देखेर चुपचाप बसिरहन सकेनन् र उनले साधे, यति बुढो भएर पनि तपाई चिनियाँ भाषा सिकिरहनुभएको छ । तपाईँ यो भाषा कहिलेसम्म सिकेर सक्नुहुन्छ र कहिले यसको उपयोग गर्नुहुन्छ ?

यो सुनेर बृद्ध जापानीले स्वामी रामातीर्थलाई कमजोर आँखाले ध्यान दिएर हेरे र भने– “जबसम्म म जिउदो हुन्छु तबसम्म मैले केहि न कही सिकिरहनु पर्दछ, नत्र मलाई आफुनो जीवन बेकारको लाग्नेछ मर्नु त एक दिन छदै छ नि । यो कुरा त सबैलाई थाहा छ । तर यदी मानिसले मृत्युको बारेमा मात्र सोचिरह्यो भने उसले जीवनमा केही काम गर्न सक्दैन् । “

उनको जवाफ सुनेर स्वामी रामातीर्थ हर्षविभार भए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१